एजेन्सी । मोबाइल फोनको बजारमा सबैभन्दा बढी बिक्री हुने नोकियाको ३३१० मोडलको मोबाइल फोन पुन: आएको छ । कम्पनीले बजारलाई मध्य नजर गर्दै तीन नयाँ एन्ड्रोइड समार्टफोन र अर्को मोबाइल ह्याण्डसेट ३३१० लाई दोस्रो पटक लिएर आएको हो ।
कम्पनीका अनुसार नोकिया ३, ५, ६ र ३३१०लाई एकै पटक सार्वजनकि गरेको हो । नोकियाले आफ्नो पुरानो रिङब्याक टोनलाई कायम गर्दै बजारमा ल्याइएको जनाएको छ ।
३३१० मोडलको नोकियालाई एक पटक चार्ज गर्दा २२ घण्टासम्म टिक्ने कम्पनीले दाबी गरेको छ । यसका साथै स्ट्याण्डबाइ मोडमा एक महिनासम्म टिक्नेछ ।
नोकिया ३३१० लाई कम्पनीले रातो, पहेलो र खैरो तथा निलो रंगमा लिएर आएको जनाएको छ ।
के छ विशेषता ?
यो फोनमा २ मेगा पिक्सेलको क्यामरा रहेको छ भने एलइडी फ्ल्यासका साथमा क्यामरा लगाइएको छ ।
फोनमा क्बीभीजीए डिस्प्ले २देखि ४ इन्चको रहेको छ ।
फोनको सिरीज ३० पलस अपरेटिङ सिस्टममा चल्नेछ ।
यसमा १६ एमबीको स्टोरेज क्षमता रहेको छ जसलाई मेमोरी कार्डको सहायताले बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
यसमा १२ सय एमएएचको ब्याट्री राखिएको छ ।
यसको मूल्य ३ हजार पाँच सय रुपैया राखिएको कम्पनीले जनाएको छ ।
ConversionConversion EmoticonEmoticon