Festivals jutayo 75 million more school money


गुल्मी, १७ फागुन । गुल्मीको एक निम्न माध्यमिक विद्यालयले सञ्चालन गरेको महोत्सवमा विद्यालयका लागि राम्रो आर्थिक सहयोग जुटाएको छ।

जोहाङ गाविस–५ रितौदीमा रहेको ज्ञानोदय निमाविको लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घ संस्थालगायतबाट गरी महोत्सवको पहिलो दिनसम्म रु ७५ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको महोत्सवका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिएका छन्।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन, सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थानान्तरण गर्ने, विशेष गरी दलित बालबालिकालाई निःशुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पु याउने र नमुना विद्यालयको रुपमा स्थापित गराउने उद्देश्यका साथ विद्यालयले फागुन १४ देखि १६ गते सोमबारसम्म स्वर्ण महोत्सव गरेको थियो।
Previous
Next Post »