पाल्पा, १७ फागुन । जितगढी युद्धमा नेपाली फौजका सेनापति बनेका कर्नेल उजिरसिंह थापाको पूर्ण कदको सालिक यहाँ निर्माण भएको छ ।पाल्पा उद्योग वाणिज्य सङ्घको रु छ लाख र चण्डीप्रसाद गणको झन्डै रु पाँच लाख बराबरको श्रमदानमा तानसेनको टुँडिखेलमा पूर्ण कदको सालिक निर्माण भएको हो । त्यहाँ थापाका साथै अरु दुई सैनिकको पनि सालिक निर्माण गरिएको सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।चण्डीप्रसाद गणले सालिकको संरक्षण गर्दै आएको छ । जितगढी किल्लामा नेपाल–अङ्ग्रेज युद्धमा खटिएका थापाले तानसेनस्थित भगवती देवीसँग आशीर्वाद लिई अङ्ग्रेजलाई हराएका थिए । नेपाली फौजले विजय हासिल गरेपछि थापाले भगवती यात्रा पनि बर्सेनि निकाल्दै आएका थिए । सो जात्रा अहिले पनि हर्षाेल्लासका साथ तानसेनमा मनाउने गरिएको छ ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon