Ramalai pain just hang out in the United States


काठमाडौं । काठमाडौं नारायणटारकी रमा पाण्डेले छोरो गम्भीर भएर अस्पतालमा भर्ना भएपछि उपचारका लागि घर बेचिन् । आम्दानीको केही स्रोत नभएपछि त्यही घर बेचेको पैसा ब्याजमा लगाइन् ।

चाबहिलमा सुन पसल चलाउने जबर श्रेष्ठले १८ प्रतिशत ब्याज दिने भन्दै २३ लाख रुपैयाँ उनीसँग लिएका थिए ।  त्यही ब्याजबाट रमाले छोराको उपचार गराउँदै आएकी थिइन्, छोरा पनि बित्यो पैसा लिएका जबर श्रेष्ठ पनि बेपत्ता भए ।

अहिले सहयोग मागेर गुजारा चलाउने अवस्थामा उनी पुगेकी छिन् ।  पाण्डेको २३ लाख लिने श्रेष्ठ हाल अमेरिका पुगेका छन् । स्रोतका अनुसार श्रेष्ठ न्यूयोर्कको ज्याक्सन हाइटमा  व्यापार गरेर बसेका छन् ।

पाण्डेजस्तै करिब काठमाडौंका ४० जनालाई श्रेष्ठले बिचल्ली बनाएर उनी अमेरिका भागेका हुन् । उनले एक अर्बभन्दा धेरै ठगी गरेको उजुरी प्रहरीमा परेको छ ।  चावहिलमा श्रेष्ठको  ठूलो सुन पसल थियो ।

काठमाडौंमा तीन वटा घरहरु थिए । ती सबै बेचेर उनी अमेरिका पुगेको उनी निकट व्यक्तिहरु बताउँछन् । अमेरिका भाग्ने योजनाका साथ उनले विभिन्न व्यक्तिहरुसँग चर्को ब्याजको प्रलोभन दिएर पैसा लिई ठगी गरेका हुन् ।

यो पनि

ठग जबर श्रेष्ठ पत्ता लाग्यो, भाग्न नदिन लामिछानेले गरे आग्रह (भिडियोसहित)

दर्जनौंलाई सडकमा ल्याउने श्रेष्ठलाई नेपाल ल्याउन प्रहरीले पनि चासो दिएको छैन । एक त पक्राउ गरेर उनलाई नेपाल ल्याउने सुपुदर्गी सन्धि समेत छैन । त्यही कुरा थाहा पाएरै उनी ठगी गरेर अमेरिका भागेका हुन् ।

उनीजस्तै क्यापिटल मर्चेन्ट फाइनान्सबाट करोडौं ठग्ने पवन कार्की पनि अमेरिकामा मस्ती गर्दै आएका छन् । अदालतले समेत दोषी ठहर गरिसकेका उनी डिपार्टमेन्ट स्टोर खोलेर बसेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
Previous
Next Post »