काठमाडौँ, १७ फागुन । नेकपा (एमाले) को ३ नं प्र्रदेश सङ्गठन कमिटीमा विभिन्न १२ जना मनोनीत भएका छन् । कमिटीका अध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार पार्टीको नियमावली अनुसार निम्नबमोजिम विभिन्न जिल्ला र विगतमा अञ्चल कमिटीमा रही काम गरेका कार्यकर्तालाई मनोनयन गरिएको छ । मनोनीत हुनेमा रामचन्द्र राई दनुवार (मकवानपुर), जगन्नाथ थपलिया (चितवन), सुरेन्द्र मोहन शर्मा (ललितपुर), महेश बस्नेत (भक्तपुर), गुरु बुर्लाकोटी (धादिङ), राजेन्द्र लोहनी (नुवाकोट), लालकुमार केसी (दोलखा), कृष्णराज श्रेष्ठ (सिन्धुपाल्चोक), कमला श्रेष्ठ, (काठमाडौँ), कमला पराजुली (काठमाडौँ), पेम्बा लामा मजदुर विशेष क्षेत्र, काठमाडौँ र रामहरि सुवेदी (काभ्रेपलाञ्चोक) हुनुहुन्छ । सो कमिटीले पार्टीले यही फागुन २१ गतेदेखि सञ्चालन गर्ने मेची–महाकाली अभियान सफल बनाउन आफ्नो तर्फबाट योगदान गर्न मातहतमा निर्देशन पनि दिएको छ ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon