एजेन्सी । भक्तजनलाई फूल तथा प्रसादको साटो सुनचाँदीका गहना दिएको कहिल्यै सुननु भएको छ ? भारतमा एउटा यस्तो मन्दिर छ जहाँ फुल प्रसादको साटो यस्तो अनौठो चलन चल्दै आएको छ ।
यो स्थान भारतको मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर सायद दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् । जहाँ वर्षमा केही दिन उक्त मन्दिरमा कुबेरको दरबार लाग्ने भारतिय मिडियाले उल्लेख गरेका छन् ।
वर्षका अरु दिनहरुमा ठूलो संख्यामा आउने भक्तजनले उक्त मन्दिरमा प्रसस्त मात्रामा सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । दिपावली लगायतका पर्वका बेला त मन्दिरमा निकै धेरै सुन भक्तजनले चढाएका हुन्छन् र महालक्ष्मीलाई खुबै श्रृंगारिएको हुन्छ ।
ConversionConversion EmoticonEmoticon