Not to touch the body part 6


हाम्रो शरीरका केही यस्ता अंग छन्, जसलाई छुनु हुँदैन, तर हामी छोइदिन्छौ । तर, के तपाईलाई थाहा छ, यी अंग छोएका कारण हाम्रो शरीरभित्र ब्याक्टेरिया छिर्ने र बिरामी बनाउँछ ? जान्नुहोस् ती अंगका बारेमा ।

मुख – मुखको माध्यमबाट सजिलै शरीरभित्र ब्याक्टेरिया पस्ने हुन्छ । त्यसैले, औलाहरुलाई बारम्बार मुख वा ओठमा लाने काम नगर्नुहोस् ।

काखी – काखीमा लगभग ८० हजार ब्याक्टेरियाको बास हुन्छ । त्यसैले गर्दा पसिना निस्किएपछि काखी गन्हाउने हुन्छ । अन्जानमा पनि आफ्नो दुर्गन्धित काखी नछुनुहोस् र हरेक दिन यसलाई सफा गर्नुहोस् ।

कान – कान चिलाउने बित्तिकै तपाईको औला कोट्याउन पुगिहाल्छ, तर के तपाईलाई थाहा छ, शरीरको सबैभन्दा फोहोरी अंग कान हो भन्न ? कानेगुजीका कारण कानमा ब्याक्टेरिया फैलिन थाल्छ । यदि कान चिलाएको बेला हातको औलाको सट्टा इयर बडको प्रयोग गर्नुपर्छ ।

यो पढ्नुस: कान सफा गर्न इयर बड प्रयोग गर्नुहु्न्छ? एकपटक पढ्नुस्

नाक – नामको प्वालमा औँला लगाउनु हुन्न, किनकि नाकबाट श्वास लिँदा सिधै ब्याक्टेरिया शरीरभित्र पुग्छ । यदि तपाईको नाक कोट्याउने बानी छ भने त्यो अस्वस्थ्य बानी हो ।

नाभि – हेर्दा सफा लाग्ने नाभि अर्थात् नाइटो खासमा सफा हुँदैन । नाभिमा हजारौँ ब्याक्टेरिया लुकेर बसेको हुन्छ । त्यसैले नाभिलाई हातले छुनबाट बच्नुहोसु र रोगबाट बच्नुहुन्छ ।

मलद्धार – त्यसो त बारम्बार छोइन अंग त होइन तर, तर हात पुगेमा ब्याक्टेरिया सर्ने हुन्छ । ब्याक्टेरियाको वास रहेको मलद्धार छुनबाट बच्नुहोस् ।
Previous
Next Post »