Kuntha disease is encouraged to remove and turmeric


हामी तरकारी तथा अचारमा वेसार किन राख्छौं ? सजिलै यसको उत्तर आउँछ, राम्रो देखाउन । तर, बेसार तरकारी तथा अचारलाई राम्रो देखाउनका लागि मात्र प्रयोग गरिएको होइन । यसले खानामा हुने विकार ‘फूड प्वाइजन’ लाई पनि नष्ट गर्ने काम गर्दछ । अर्थात खानमा फूड प्वाइजन हुन दिँदैन । भान्छामा दैनिक प्रयोग हुने मसला हो, बेसार । बेसारमा स्वाद, रंग तथा  औषधिजन्य गुण हुन्छ ।

बेसार जिन्जिबेरसी परिरवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम ’करक्यूमा लोगा’ हो । नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ । विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ ।

बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो । यस रसायनमा विभिन्न औषधिय तत्त्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन ’ए’ १७५ प्रति सय ग्राममा, केही मात्रामा भिटामिन ’बि’, ’बि(२’, ’सि’ र खाद्य ऊर्जा (क्यालोरी) ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भनेका छन् । भने खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा पाइन्छ। मसलाको समूहमध्ये अग्रपङ्क्तिमा आउने बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैं भइरहने उपयोगी सामाग्री हो।बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ । बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन् ।

चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणहरूको उत्तम श्रोतको रूपमा लिने गरेको पाइन्छ । चिनियाँ चिकित्सा पद्धतिमा बेसारलाई पर्याप्त मात्रामा प्रयोग गर्ने गरिन्छ, बेसारमा रहेको सङ्क्रमण हटाउने र घाउको जलन कम गर्ने विशेष तत्वले यसलाई औषधिको रूप दिएको हो।

विशेष गरी यो बेसार/पिंडालु, भण्टा, मूला आदि अन्य तरकारी बालीहरूसँग मिश्रति वा अन्तर खेती गर्ने चलन छ। आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन्। यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न यसलाई प्रभावकारी मानेका छन्भने अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जीले के प्रमाणित गरेका छन् भने बेसार नियमित खाँदा रक्सीले कलेजोलाई र्पुयाउने क्षतिसमेत कम हुन्छ । क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदनअनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ । उक्त अनुसन्धानअन्तर्गत बेसार मुटु रोगले प्रभावित मुसालाई सेवन गराइएको थियो ।

बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो । सुन्निने समस्या भएको बेलामा यसको प्रयोग गरिन्छ। घुँडा सुन्निने तथा दुख्ने समस्यामा पनि बेसारको प्रयोग गरिन्छ ।

धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान्बेलुका १्१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने गरेमा १्२ हप्तामै ठिक हुन्छ ।

राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १्२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।

१ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान/वेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकि ठिक हुन्छ । राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

१ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।  ५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २/४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।

बिहान्बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन ।

हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान्बेलुका खानाले ठिक हुन्छ । आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ । ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

२ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल्कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ । १ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।

टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ । गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान्बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ । घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

घ्यू कुमारीको गुदी नित्य बिहानरबेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।     मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ । तरकारी तथा अचारमा विषमार्नको लागि बेसार प्रयोग गरिन्छ भने बेसामा औषधिजन्य गुण भएकाले आलो घाउमा बेसार लगाइन्छ । त्यती मात्र होइन, यसलाई दहीसँग मिश्रण गरेर घरेलु फेसप्याक पनि बनाइन्छ । नुन र तोरीको तेलसँग बेसार मिश्रण गरेर दाँत माझ्दा त्यो बढी चम्किलो, बलियो हुन्छ । सौन्दर्य बढाउनदेखि शुभकार्य सम्पन्न गर्न समेत बेसार आवश्यक हुन्छ ।

आर्युबेदले बेसारलाई महत्वपूर्ण औषधिको रुपमा ब्याख्या गरेको छ । बेसारको महिमा यतिमै सीमित छैन, यसको प्रयोगवाट अरुपनि थुप्रै लाभ लिन सकिन्छ । नियमित रुपमा दुधमा बेसार मिसाएर पिउनु लाभदायक हुन्छ । यसले शरीरमा हुन सक्ने संभावित संक्रमणवाट रोक्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन, खनिज, प्रोटिन सवैको स्रोत हो, बेसार । यसमा पाइने करक्यूमिन नामक पहेंलो तत्वले मस्तिष्कलाई सन्तुलित राख्न सहयोग गर्छ ।

चिसो मौसममा शरीरको जोर्नीहरु दुख्छ, चिसोले टाउको दुख्छ । यस्तो बेला दुधमा बेसार मिसाएर पिउनुपर्छ । त्यस्तै, आँखाको दुखाईमा पनि यो लाभदायक हुन्छ । वेसारलाई पानीमा केहि समय उमाल्ने र त्यसको पानी छानेर आँखा सफा गर्न सकिन्छ । घाँटी खसखस भएमा पनि एक चिम्टी बेसार खानु लाभदायक हुन्छ ।
Previous
Next Post »