Come on in the background to help non Ravindra, to be co-View?


काठमाडौं । बीबीसी नेपाली सेवाको जागिरबाट राजिनामा दिएर राजनीतिमा उत्रिएका सम्पादक रविन्द्र मिश्रसँग टिममा को–को छन् त भन्ने प्रश्नले धेरैलाई कौतुहलता जागेको छ । मंगलबार मात्रै उनले एक विज्ञप्ति जारी गर्दै बीबीसी नेपाली सेवाको जागिरबाट राजीनामा दिएको र नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन् ।

रविन्द्र मिश्रको टिममा उनलाई धरैजसो गैरराजनीतिक पृष्ठभुमिबाट आएका व्यक्तिहरुले साथ दिने भएका छन् ।

पूर्वसचिव किशोर थापा, पत्रकार अजयभद्र खनाल, चिकित्सक सरोज धिताल, इन्जिनियर सुर्यराज आचार्य, अधिवक्ताहरू ओमप्रकाश अर्याल र निरूपमा यादवले रविन्द्र मिश्रलाई साथ दिने भएका छन् ।

उनले अबका दिनमा पूर्णकालिन र सक्रिय राजनीतिमा होमिने बताउँदै नेपाली राजनीतिको फोहर सफा गर्ने उदेश्यका साथ परोपकारी मनका साथ आफु राजनीतिमा होमिएको बताएका छन् ।

किशोर थापा निजामति सेवामा लामो समयको अनुभव भएका व्यक्ति हुन् । उनले सहरी विकास मन्त्रालयको सचिवबाट अवकास पाएका थिए ।

यस बाहेक नायक राजेश हमाल, डा. गोविन्द केसी लगायतसँग पनि मिश्रले आफ्नो पार्टीमा रहेर काम छलफल र अनुरोध गरिहेका छन् ।

डा. सरोज धिताल काठमाडौं मोडल अस्पतालमा कार्यरत छन् । उनी २०४६ साल ताका तत्कालीन नेकपा मालेमा आबद्ध भएर भूमिगत जीवन बिताएका थिए । त्यसपछि राजनीति छोडी पुर्णकालिन जागिरमा लागेका थिए ।

राजनीतिक पृष्ठभुमि भएका पहिले माओवादीसँग नजिक भएका र बाबुराम भट्टराईको नयाँ शक्तिमा पनि काम गरेका मुमाराम खनालले मिश्रलाई साथ दिने भएका छन् ।

यस्तै कतिपय पार्टीमा सहभागि हुन सकारात्मक अनुहारहरु सरकारी पद धारणसमेत गरेका व्यक्ति समेत रहेको र उनीहरुलाई सरकारी सेवा त्याग्न लगाएर पार्टीमा कसरी समाहित गराउने भनि छलफल चलिरहेको स्रोतको भनाई छ ।
स्रोतका अनुसार विभिन्न भ्रष्टाचारविरोधी संघसंस्थाहरु पनि मिश्रको पार्टीमा ‘मर्ज’ हुने सम्भावना रहेको छ। मिश्रकै सहयोगमा यसअघि ‘म नेपाली’, ‘नागरिक समूह’ लगायत संघसंस्थाहरु अस्तित्वमा रहेको चर्चा थियो ।

मिश्र पार्टी गठनका लागि केही दिन भित्रमै देश दौडाहामा निस्कने तयारीमा छन् । यसविचमा धेरै मानिसहरुसँग छलफल र अन्तक्रिया पश्चात आफ्नो पार्टीमा रहनेको नाम सार्वजनिक गर्ने तयारीमा उनी रहेका छन् ।

तत्कालका लागि देशका हरेक टोल–टोलमा कम्तिमा ७ जना समूह निर्माणका गरेर अभियान चलाउने र त्यसैलाई संगठनको आकार दिएर अघि बढ्ने मिश्रको भनाई छ ।
Previous
Next Post »