पोखरा, १२ फागुन, पोखराको शान्तिवन वाटिकामा आजदेखि जङ्गल महोत्सव सुरु भएको छ । परिचय नेपाल पोखराको आयोजनामा सुरु भएको सो महोत्सव यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । दर्शकको आकर्षणका लागि महोत्वमा रोबोटिक भूतघर, अन्तर्राष्ट्रियस्तरका खेलाडीबीच कुस्ती, फेसन सो, नाटक मञ्चनसँगै मुक्तकका कार्यक्रम राखिएको संस्थाका अध्यक्ष सोभित बस्यालले जानकारी दिए । महोत्सवमा १७० भन्दा बढी चराको आवाज दुरुस्तै निकाल्न सक्ने रमेश दुलालको प्रस्तुति, खुकुरी नृत्य, मोडलहरूको प्रस्तुति, घोडा र उँट चढाइको समेत व्यवस्था गरिएको छ । कार्यक्रमबाट भएको आम्दानीबाट शान्ति वन वाटिका क्षेत्रको सडक स्तरोन्नति र पोखरामा निर्माणाधीन नाटकघरका लागि रु ५० हजार छुट्टयाइने बताइएको छ ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon