काठमाडौँ, ३ फागुन, आजका दैनिक पत्रपत्रिकाहरुमा कहाँ–कहाँ र के–कस्ता रोजगारीका अवसरहरु खुले साथै रोजगारीसँगसम्बन्धित समाचारहरू यहाँ प्रस्तुत गरेका छौँ ।
(१)
शिक्षक सेवा आयोगले गत भदौ ११ गते लिएको निम्नमाध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । आयोगले पूर्वाञ्चल, मध्यमाञ्चल (दलित महिला बाहेक), मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । यसैगरी सामाजिक विषयको मध्यमाञ्चलको पनि नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षामा सामेल भइ उत्तीर्ण सम्बन्धित विषयका परीक्षार्थीहरुको अन्तर्वार्ता यही फागुन १८ देखि २२ गतेसम्म संचालन गर्ने पनि आयोगले जनाएको छ । आफ्नो अन्तर्वार्ताको मिति कहिले पर्यो हेर्नकोलागि आजको गोरखापत्र वा आयोगको वेभसाइटमा जानुहोला ।
(२)
नेपाल आयल निगम लिमिटेडले गत कार्तिक २८ गते लिएको वरिष्ठ सहायक (ल्याब), वरिष्ठ सहायक (कम्प्युटर), सहायक (मिस्त्री) मेकानिकल पदहरुको लिखित परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ । लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुको अन्तर्वार्ताको मिति, समय र स्थान पछि प्रकाशन गरिने निगमले जनाएको छ । यो सूचना पनि आजको गोरखापत्रमा प्रकाशित छ ।
(३)
कर्णाली शिक्षालयका ९० प्रतिशत जनशक्ति रोजगार शीर्षकमा आजको गोरखापत्रले अर्को समाचार प्रकाशित गरेको छ । देशकै जेठो प्राविधिक शिक्षालय जुम्लाबाट उत्पादन भएका ९० प्रतिशत जनशक्ति रोजगार भएका छन् । २०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालयमा २०७२ सालसम्ममा ३ हजार ४ सय जनशक्ति उत्पादन भएको र ती मध्ये ९० प्रतिशतले रोजगारी पाएको शिक्षालयले जनाएको छ । यहाँ प्राविधिक तह टीएसएलसी र डिप्लोमा गरी दुई तहको पढाइ हुने गरेको छ । जसअन्तर्गत टीएसएलसीतर्फ सीएमए, अनमी, जेटीए तथा सव ओभरसियर र डिप्लोमातर्फ आईएस्सीएजी, ओभरसियरको अध्ययन हुने गरेको छ ।
(४)
बजार प्रवद्र्धनमा रुचि र अनुभव भएकालाई कान्तिपुर दैनिकले रोजगारी खुलाएको छ । पब्लिकेशनको व्यवसाय प्रवद्र्धन गर्न महिला पुरुषको माग गरेको छ । जसअन्तर्गत काठमाडौँमा १०० जना, विराटनगरमा ३० जना, भरतपुरमा ५० जना, पोखरामा ५० जना र नेपालगञ्जमा ३० जनाको माग गरेको छ । यो विज्ञापनमा फागुन १५ गतेभित्र दरखास्त दिन सकिने जनाइएको छ ।
(५)
विश्वविद्यालय अनुदान आयोगले डाइरेक्टर र प्रोग्राम अफिसर पदमा रोजगारी खुलाएको छ । १र१ जना माग गरिएका सो पदमा इच्छुक र योग्य उम्मेद्वारले यही फागुन १७ गतेभित्र दरखास्त दिन सकिने जनाइएको छ । कान्तिपुर दैनिकमा आज प्रकाशित विज्ञापन अनुसार डाइरेक्टर पदमा पीएचडी गरेका र न्यूनतम ५ वर्ष अनुभव भएकाले दरखास्त दिन सक्नेछन् भने प्रोग्राम अफिसर पदमा न्यूनतम दोस्रो श्रेणीमा स्नातकोत्तर पास भएको र दुई वर्षको अनुभव भएकाले अवसर पाउने छन् ।
(६)
रमण कन्स्ट्रक्सले विभिन्न १० पदमा रोजगारीको अवसर सिर्जना गरेको छ । प्रोजेक्ट म्यानेजर ५ जना, चिफ अपरेटिङ अफिसर्स २ जना, सिनियर कर्पोरेट एकान्ट ५ जना, बिजिनेस एनालिष्ट २ जना, साइट इन्जिनियर १० जना, सर्भेयर १० जना, मेकानिक्स १० जना, ल्याब टेक्निसियन ५ जना, क्वालिटी कन्ट्रोल इन्जिनियर २ जना र जेसिबी ब्याकहोल अपरेटर, ड्राइभरलगायतका पदमा १५ जनाको माग गरेको हो । यी पदहरुको विस्तृत विवरण आजको कान्तिपुर दैनिकमा हेर्नुहोला ।
(७)
तुल्सीभक्त कन्स्ट्रक्सन प्रा.लि.ले पनि प्रोजेक्ट म्यानेजर २ जना, साइट इन्जिनियर ३ जना, फ्रन्ट डेक्स्क अफिसर वा अफिस सेक्रेटरी २ जना, ह्याबी, लाइट ड्राइभर ४ जना र सेक्युरिटी गार्ड ४ जनाको माग गरेको छ । यी पदहरुमा मार्च १५ भित्र दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । यो विज्ञापन आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
(८)
सेभ द चिल्ड्रेनले सिनियर सीआरजी एण्ड चाइल्ड प्रोटेक्सन कोअर्डिनेटर–चाइल्ड पार्टिसिपेसन एण्ड एकाउन्टेबिलिटी मेकानिजम पदमा १ जना र सेल्टर कम्युनिटी मोबिलाइजेसन अफिसरमा १ जना को माग गरेको छ । यी पदहरुमा फेब्रुअरी २१ भित्रमा दरखास्त दिन सकिने जनाइएको छ । विस्तृत विवरण आजको कान्तिपुरमा हेर्नुहोला ।
(९)
हेल्थ रिसर्च एण्ड सोसियल डेभलपमेन्ट फोरम (एचइआरडी) ले कन्सल्टेन्ट– पे फर पर्फर्मेन्स र कन्सल्टेन्ट – चाइल्डहुड टिबी पदमा जनशक्ति माग गर्दै आजको कान्तिपुरमा विज्ञापन प्रकाशित गरेको छ । यी पदहरुमा फेब्रुअरी १९ भित्र दरखास्त दिन सकिने जनाइएको छ ।
(१०)
भेन्टेज क्यासिनोज एण्ड इन्टरटेन्मेन्टले विभिन्न ११ पदमा जनशक्ति माग गरेको छ । आजको कान्तिपुरमा विज्ञापन प्रकाशित गर्दै जेनेरल म्यानेजरदेखि जिआरओसम्मको आवश्यकता रहेको जनाएको हो । ती पदहरुमा इच्छुकले मार्च ७ भित्र दरखास्त दिन सकिने पनि जनाइएको छ ।
ConversionConversion EmoticonEmoticon