 |

लक्ष्मण ढुंगाना, बर्दिया, १७ फागुन, बालिका बलात्कारको अभियोगमा पक्राउ परेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीहरुले आज बर्दियाको राजापुरमा प्रदर्शन गरेका छन् । ज्ञानको ज्योती छर्ने शिक्षकबाटै ६ वर्षीय नाबालिका बलात्कार हुँदा आम बालबालिका असुरक्षित भएको भन्दै उनीहरुले कारवाहीको माग गरेका हुन् । बलात्कारीलाई कारवाही गर, कानून सबैको लागि समान हो, यस्तो शिक्षक चाहिँदैन लगायत नारा लगाउँदै विभिन्न विद्यालयका विद्यार्थीहरुले राजापुर बजारको परिक्रमा गरेका थिए । अमर शहिद श्री दशरथ चन्द उच्च मा.वि. राजापुरमा कार्यरत ५४ वर्षीय शिक्षक दिवाकर उपाध्यायले शुक्रबार राती साढे सात बजे तिर एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । उपाध्यायमाथि बालिकालाई ललाई फकाई विद्यालयको प्राङ्गणमा करणी गरेको आरोप छ । उनीउपर जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए । छ वर्षीय नाबालिकामाथि शिक्षकबाटै भएको बलात्कारको घटनाले राजापुर क्षेत्र यतिबेला स्तब्ध भएको छ । आमअभिभावकहरु आफ्ना बालबालिकाहरु असुरक्षित भएको भन्दै त्रसित भएका छन् ।
 |
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon