काठमाडौं, १६ फागुन, नेपाली सेनाले पाँचवटै पृतनामा सुविधासम्पन्न हवाई बेस निर्माण र अत्याधुनिक हेलिकप्टर खरिद, विशिष्ट व्यक्तिको आवागमनमा हवाईजहाज प्रयोग र आपतकालिन उद्धार, राहत तथा कारवाहीमा आवश्यक सामाग्री खरिदका लागि सरकारसँग थप रकम मागेको छ । विष्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर र हवाई सुरक्षा मजबुत बनाउने योजनाअनुसार सेनाले रक्षा मन्त्रालयमार्फत थप बजेट माग गरेको हो । रक्षाले सरकारसँग मन्त्रालय, राष्ट्रय सुरक्षा परिषद र नेपाली सेनासम्बन्धी विविध योजनाका लागि आधा खर्ब थप रकम मागेको हो । मन्त्रालयले हवाई सुरक्षा, विपत् व्यवस्थापन, बन्दोबस्ती र प्रतिरक्षा तथा आतंकवादविरुद्धका विविध परियोजना शीर्षकमा सरकारसँग ५० अर्ब ८५ करोड रुपैयाँ थप मागेको छ । सैनिक मुख्यालयको योजना अनुसार हाल सेनासँग रहेका उपकरण लिलाम बिक्री तथा थन्क्याएर ३० थान साना, मझौला र ठूला हेलिकप्टर र उपकरण खरिद हुनेछ । सेनाले २०८० सम्ममा हवाई निर्देशनालयलाई आपतकालिन अवस्थामा हवाई प्रतिरक्षासहितको साधनस्रोत सम्पन्न बनाउन पहल सुरु गरेको छ । (नागरिक दैनिकबाट)
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon