Kellin Shahruksँg the Kangna?


फाल्गुन १८, २०७३- बलिउडकी ‘क्वीन’ कंगना रनावत फिल्ममा जति बोल्ड भूमिकामा देखिन्छिन्, वास्तविकतामा पनि उस्तै हक्की स्वभावकी छन् । गैरफिल्मी परिवारकी कंगनाले ठूलै संघर्ष गरेर यति बेला आफूलाई बलिउडमा अग्रपंक्तिकी नायिकाका रूपमा स्थापित गराउन सफल भएकी छन् । तीन पटककी नेसनल अवार्ड विजेता उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने नायिकामा पनि पर्छिन् । उता, शाहरूख खानलाई बलिउडमा ‘किङ खान’ उपमा दिइन्छ । हालैको एउटा टक सोमा भने बलिउड क्वीनले किङ खानका बारेमा निराशाजनक कुरा गरेकी छन् ।

‘कफी विथ करण’ मा कंगनालाई होस्ट करणले सोधेका थिए, ‘तपाईंलाई तीन खान शाहरूख, सलमान र आमिरमध्ये कोसँग काम गर्न बढी इच्छा छ ?’ खरो स्वभावकी कंगनाले प्रश्न भुइँमा खस्न नपाउँदै बिनासोचविचार कसैसँग पनि काम गर्ने इच्छा छैन भनेर ठाडो जवाफ दिएकी थिइन् । त्यो सो प्रसारण भएपछि शाहरूखका फ्यानहरूले कंगनासँग भडकए, सोसल मिडियामा आक्रोश पोखे ।

शाहरूखले भने कंगनाले त्यस्तो नभनेकी होलिन् भन्दै अनलाइनका समाचारप्रति अविश्वास प्रकट गरेका छन् । उनले भनेका छन्, ‘मलाई थाहा छैन, तपाईंहरूले अनलाइनमा आएका समाचार पढेर कत्तिको सत्य थाहा पाउनुभयो ।’ अझ केही अनलाइनले त शाहरूखले समेत कंगनाको भनाइपछि सँगै काम नगर्ने घोषणा गरेको दाबी गर्दै समाचार लेखेका थिए ।

अर्कातिर, यतिबेला सञ्जयलीला भन्सालीले आफ्नो नयाँ फिल्ममा शाहरूख र कंगनालाई जोडीका रूपमा उतार्न लागेको खबर पनि आएको छ । खबरलाई सत्य मान्ने हो भने सञ्जयले दुवैलाई अप्रोच गरेका थिए । उनले शाहरूखलाई दुइटा स्क्रिप्ट पढ्न पनि दिएका थिए ।

तीमध्ये एउटा स्क्रिप्टका लागि शाहरूख र प्रियंका चोपडालाई लिने कसरत भइरहेको छ भने अर्काका लागि कंगना तय भएको ठोकुवा गरिएको छ ।
Previous
Next Post »