कठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रैबाट आर्थिक लेनदेनका आधारमा विवादित ब्यक्तिलाई राजदूत नियुक्ति सिफारिस गरेको आरोप लागेको छ । राजदूत जस्तो पद पनि कांग्रेसले किनबेचको बस्तु बनाएर देशकै बेइज्जत हुने काम गरेको छ ।
कांग्रेसको समर्थनमा बनेको पुष्पकमल दाहाल सरकारले बैदेशिक रोजगार ब्यवसायमा रुपमा संलग्न तीन जनालाई नेपाली कामदार बढी जाने गन्तब्य मुलुक दुवई, कतार र ओमानका लागि राजदूतमा सिफारिस गरेपछि ब्यापक विरोध भएको छ । चोरलाई चाबी दिएजस्तै बैदेशिक रोजगार ब्यवसायीलाई नै ती देशको राजदूत बनाएर सरकारले देशकै बेइज्जत हुने काम गरेको छ ।
नागरिकता समेत शंकास्पद भएकी र बैदेशिक रोजगारमा जाने कामदारलाई ठगी गरेको आरोप लागेकी आशा लामालाई युएई, पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङका सहयोगी रमेश कोइरालालाई कतारका लागि राजदूत नियुक्तिका क्रममा सभापति देउवाले करोडौं रुपैयाँ घुस लिएको आरोप पार्टीका नेताहरुले लगाएका छन् ।
राजदूत जस्तो पदमा नियुक्ति हुने ब्यक्तिको पृष्ठभूमिबारे जानकारी नै नलिई विवादित ब्यक्तिलाई सिफारिस गरेको एक साता नबित्दै सरकारले उनीहरुको नाम फिर्ता लिएको छ । परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई विवादित ब्यक्तिलाई राजदूत नियुक्ति गर्दा आर्थिक चलखेल भएको बिषय कांग्रेसका नेताहरुले नै उठाएका छन् ।
इतिहासमै राजदूतमा प्रस्तावित ब्यक्ति यति विवादित नभएको र यसले पार्टीको छविमै आघात पुगेको पौडेल पक्षको भनाइ छ । बाणिज्य मन्त्री रोमी गौचन थकालीले राजदूत नियुक्तिमा आर्थिक लेनदेन भएको बिषय पार्टीको बैठकमै उठाएका छन् ।
दार्जिलिङ घर भएकी र विगतमा विभिन्न पार्टी चाहार्दै आएकी आशा लामालाई नेपाली कांग्रेसको कोटाबाट राजदूत बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले ठूलै आर्थिक सहयोग लिएको कुरा बाणिज्य मन्त्री रोमी गौचन थकालीले नै खोलेका छन् ।
आजको दृष्टि साप्ताकिमा खबर छ । आरजुले आशा लामासँग राजदूत बनाउन २ करोड रुपैयाँ घुस लिएको चर्चा कांग्रेस बृत्तमा छ, कांग्रेसका एक नेताले भने, आशा लामाले सिधै आरजुलाई नै रकम बुझाएकी हुन् । रमेश कोइरालालाई कतारको राजदूत बनाउन पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले देउवालाई करोडौं रुपैयाँ बुझाएको कांग्रेसका नेताहरुबीचमै चर्चा हुने गरेको छ ।
टेकबहादुर गुरुङले करोडौं रुपैयाँ घुस खाएर मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गराएको आरोप छ । बायोमेट्रीक प्रणाली लागू गराई कामदार शोषण गर्न सल्लाह दिने रमेश कोइरालालाई गुरुङकै लगानीमा कतारको राजदूत बनाएको आरोप छ ।
कतारका राम्रा कम्पनीको कामदारको कोटा हात पार्नका लागि गुरुङले कोइरालालाई राजदूत बनाएको कुरा कांग्रेसवृत्तमै उठेको छ । आरजु देउवाकी आमा प्रतिभा राणालाई राजदूत बनाइएको बिषयमा पनि कांग्रेसमा असन्तुष्टी ब्याप्त छ । बृद्धावस्थाकी राणालाई राप्रपाको कोटाबाट भन्दै आरजुकै जोडमा जापान जस्तो देशको राजदूत बनाइएको छ ।
गरिब कामदारलाई स्वास्थ्य परीक्षणको शुल्क बढी तिराएर त्यसको कमिसन अहिले पनि गुरुङले खाने गरेका छन् । ठूलो रकम घुस खाएर गुरुङले कामदारलाई दोब्बर तेब्बर महंगो शुल्क तिर्नेगरी बायोमेट्रिक लागू गरेपछि खारेजीको माग गर्दै ब्यवसायीले आन्दोलन गर्दैआएका छन् ।
बंगलादेशी मूलको मलेसियन अमिनसँग करोडौं रुपैयाँ घुस लिएर फ्री भिसा फ्री टिकट लागू गरेको आरोप गुरुङमाथि छ । फ्री भिसा फ्री टिकट लागू गरेपछि नेपाली कामदार मलेसियाले नलिने र बंगलादेशी कामदारले अवसर पाउने भएकाले राज्यमन्त्री गुरुङले घुस खाएर यस्तो राष्ट्रघाती काम गरेको आरोप ब्यवसायीले लगाउँदैआएका छन् ।
कतारका लागि राजदूत सिफारिस भएका कोइराला पूर्वराज्य मन्त्री गुरुङको व्यवसायमा प्रत्यक्ष जोडिएका ब्यक्ति हुन् ।
ConversionConversion EmoticonEmoticon