Four missing girls found in India Sitamarhi



बाराः बाराको सिमरामा रहेको सिमरा पब्लिक इंलिस स्कुलमा पढ्ने चारजना छात्रा भारतको सीतामढीमा भेटिएका छन्।
स्कुलबाट घर फर्किने क्रममा बेपत्ता भएका उनीहरुको रातभर खोजी गर्दा भारतको सीतामढी पुगेको पत्ता लागेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कुमार कार्कीले जानकारी दिए।
सीतामढीको चाइल्ड केयरमा रहेको र भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइने कार्कीले जानकारी दिए। बालिकाहरु सिमराबाट माइक्रो चढेर बिरगंज, बिरगंजबाट रिक्सा चढेर रक्सौल पुगेका थिए ।   त्यहाँबाट ट्रेन चढेर भारतको सीतामढी पुगेको प्रहरीले जानकारी दिएको छ।

आइतबार दिउँसो स्कुल छुट्टी भएपछि घर फर्किनुपर्ने बालिका रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए।
गढीमाई नगरपालिका-७ जितपुरकी कक्षा पाँच पढ्ने ११ वर्षीय जिया गुप्ता, उनकै बहिनी युकेजीमा पढ्ने पाँच वर्षीया पिहुँ गुप्ता, गढीमाई नगरपालिका-१, सिमराकी कक्षा पाँच पढ्ने १२ बर्षीया रविना श्रेष्ठ र गढीमाई नगरपालिका-२, नरबस्ती घर भएकी कक्षा पाँचमै पढ्ने ११ वर्षीया स्नेहा सिंह सामूहिक रुपमा बेपत्ता भएका थिए।
जियाका बुबा शम्भुप्रसाद गुप्ताले सधैँ स्कुलबाट पाँच नबज्दै घर आइपुग्ने छोरी रातिसम्म नआएपछि प्रहरीलाई खबर गरेको बताए।
Previous
Next Post »