After the death of the father and mother, both of these 3 young daughters


गुल्मी– मानिसलाई धमिरो र कमिलो एकै पटक लाग्छ भन्ने नेपाली उखान गुल्मीका यि बालिकाहरुको जीवनमा आइपरेको छ । १० वर्षअघि भारतमा मजदुरी गर्ने क्रममा बाबुलाई गुमाएका गुल्मीको भनभने गाविसवडा नम्वर ९ टिमुरखर्क रोल्मा गाउँका १७ वर्षिया मिना घर्ती र १३ वर्षिया उनकी वहिनी जमुना घर्तीले केह िदिन अघी आमालाई सँधैका लागी गुमाउन पुग्दा अब उनीहरु सँधैका लागी टुहुरा बनन पुगेका छन् ।

खरले छाएको एउटा घरबाहेक अब उनीहरुसाग केही छेन आफ्नो भन्ने । श्रीमानको मृत्यु पछि निमेक मजदुरी गरेर तीन छोरी हुर्काउँदै आएकी वालकुमारीको पनि दुवै मृगौला फेल भई उपचार गर्ने खर्च नभएर केहि दिन अघि मृत्यु हुन पुगेपछि उक्त गाउँ नै शोकमा डुब्यो । तर ति ३ छोरीमाथी ठूलो बज्रपात आइपर्यो ।

बाबु आमा दुवैलाई गुमाएपछि नाबालिका छोरीहरुलाई गाउाले तथा पत्रकारहरुले चन्दा उठाएर काज किरिया खर्च चलाए पनि अब कसरी अगाडी बढ्ने भन्ने उनीहरुलाई केही थाहा छैन । सहयोगदाताले ति विचल्लीमा परेका वहिनीहरुलाई सिधै सम्पर्क राखेर सहयोग गर्न सक्नु हुनेछ । उनिहरुको मोवाईल नम्वर ९८११४७४३३८ रहेको छ । प्रधानध्यापक विरेन्द्र केसीको नम्वर ९८४४७०१५१३ मा सम्पर्क राखेर पनि सहयोग गर्न सकिने छ ।
Previous
Next Post »