![]() |
गत सोमबार लन्डन उत्रिए लगत्तै उनी मिस यूके नेपालका ८ जना प्रतिष्पर्धीमाझ उपस्थित भइन् एम्पायर हलमा । २४ अगष्टमा नेपाल र्फकनुअघि प्रियंकाले मिस यूके नेपालका सुन्दरीहरुलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिनेछन् ।
'एकदम महत्वपूर्ण जिम्मेवारी लिएर आएकी छु, प्रेसर र उत्साह दुबै छ', ब्रेकमा एकछिन् फुर्सद निकालेकी उनले कान्तिपुरसंग भनिन्, 'हरेक सिक्वेन्स सिकाउने देखि स्टेज डेकोरेसन, लाइट, कस्टम सबैमा प्रशिक्षण चुनौतिपूर्ण पनि छ ।'
प्रतिष्पर्धीहरुलाई ओपनिङ राउण्डमा डान्स गराउने योजनाले त्यो पनि सिकाइरहेकी छिन् उनी ।
केही साताअघि मात्र अमेरिकामा 'मिस भुटान यूएसए' को कोरियोग्राफी गरेकी पि्रयंकालाई यो जिम्मेवारी नौलो भने होइन । उनको करिअर नै मिस टिन (२००५) बाट शुरु भएको थियो । केही महिनाअघि टेक्सास र लस एन्जलसमा पनि उनले फेसन शोको कोरियोग्राफी गर्ने जिम्मा लिएकी थिइन् । सन् २०१२ को 'मिस नेपाल यूएसए' मा पनि पि्रयंकाले त्यही भूमिका निर्वाह गरिन् ।
'पछिल्लो पटक मोडलिङमा पनि मेरो सक्रियता बढेको छ', उनले भनिन् ।
भर्खर अमेरिका घुमेर नेपाल फर्किएलगत्तै यूके आएकी पि्रयंका नेपालमा अति व्यस्त नायिका मानिन्छिन् । पि्रयंका सुन्दरीहरुमाझ रमाइरहंदा उनी अभिनित छक्का पन्जाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
२१ अगष्ट आइतबार सांझ एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा ५ औं मिस यूके नेपाल २०१६ हुन लागेको हो । यसपटकको प्रतियोगितामा आठ जना सुन्दरीहरुअलिसा, मेघ्ना, कल्पना, टेनिसा, प्रशंसा, विभिया, सुनिता र आरती भिड्दैछन् । आयोजक शान्ति गुरुङले हालसम्म ट्यालेन्ट र ब्यूटी वीथ परपोज राउण्ड सम्पन्न भइसकेको जानकारी दिंदै तयारी अन्तिम चरणमा पुगेको बताइन् ।
![]() |


ConversionConversion EmoticonEmoticon