The recipient hooligan leader Deepak mananelai 10 years in prison


काठमाडौं, १३ भदौ – संगठित अपराधको अभियोगमा प्रहरी हिरासतमा रहेका दिपक मनाङेलाई १० वर्ष कैद सजायको अभियोग लगाउन प्रहरीले प्रस्तावित राय दिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई अनुसन्धानको प्रस्तावित राय पठाउंदै‘मनोबैज्ञानिक त्रास देखाएर जर्वजस्ती रकम असुलीमा मनाङे संलग्न रहेको दावी गर्दै संगठित अपराध ऐन अन्र्तगत मुद्धा चलाउन राय दिएको हो।

परिसरले व्यवसायीलाई धम्क्याएको भन्दै मनाङेलाई असार १८ मा सहयोगी राजकुमार सिंह सहित पक्राउ गरेको थियो । उनको समुहमा अन्य तीन जना समेत रहेको भन्दै परिसरले उनीमाथी संगठित अपराध ऐन अन्र्तगतको अभियोगमा अदालतबाट अनुसन्धानको म्याद लिएको थियो।
परिसरका एसएसपी विक्रमसिंह थापाले अनुसन्धानमा मनाङे र उनको सहयोगी सिंह संगठित आपराधिक गतिविधीमा संलग्न देखिएको र जर्वजस्ती रकम असुलीमा संलग्नताबारे पर्याप्त प्रमाण समेत समावेश गरिएको बताए।

मनोबैज्ञानिक त्रास देखाएर उनले कसरी जर्वजस्ती पैसा उठाउंथे भन्ने पर्याप्त प्रमाण संकलन भएको छ,’ एसएसपी थापाले भने‘ त्यसैको आधारमा प्रहरीले ५ देखी १० वर्षसम्म कैद सजाय हुने प्रावधान अनुसार मुद्धा प्रकृया अगाडि बढाउन राय दिएको छ।

प्रहरीले अनुसन्धान गरे पनि अभियोग पत्र भने जिल्ला न्यायाधिवक्ताबाट दर्ता हुन्छ । प्रहरीले अनुसन्धानको आधारमा जिल्ला न्यायधिवक्ताको कार्यालयमा प्रस्तावित राय सुझाव बुझाउंछ । जिल्ला न्यायाधिवक्ताले प्रहरीको राय स्विकार गर्न पनि सक्छन् प्रस्तावित असुरको दफा परिर्वतन समेत गर्न सक्छन्।

ठमेल आधार क्षेत्र भएका मनाङे विशेष अदालतमा आपराधिक गतिविधीबाट अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरणको मुद्धा समेत खेपिरहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनले आपराधिक गतिविधीबाट १४ करोड कमाएको दावी गर्दै विशेषमा मुद्धा दायर गरेको थियो । कान्तिपुर दैनिकमा समाचार छ।
Previous
Next Post »