भाद्र १३, २०७३- नजिकै राजधी बजार, पानी र विधुतलगायतका पर्याप्त अनुकुलताले धादिङ खण्डको पृथ्वीराजमार्ग विभिन्न उद्योगहरुको हव वन्दैछ । विशेष गरि राजधानीसंग जोडिएका गाविसहरुमा लाखौं देखि अरबौं लगानीका साना ठुला उद्योग व्यवसायहरु संचालनमा छन् भने कतिपय निर्माणाधिन छन् ।
राजधानीमा वातावरण प्रदुषणको कारण देखाई संचालन गर्न नदिईएका र भुकम्प पछि विस्थापित गरिएका साना ठुला उद्योगहरु नौवसे, थाक्रे, जीवनपुर, छत्रेदेउरालीमा धमाधम खुल्दैछन् । यस अघिनै स्थापना गरिएका १३ वटा ग्यास उद्योग, १८ वटा पेट्रोलपम्प, दुईटा औषधी उद्योग, एक दर्जन ईट्टा , कुखुरापालन, वंगुर पालन , दाना उद्योग, चुन ढुङ्गा उद्योग, आधा दर्जन रिसोर्ट, ठुला होटलहरु वाहेक हो ।
नेपालकै सवै भन्दा ठुलो लगानी र वढी क्षमताको युनाइटेड सिमेन्टले उद्योग नौविसेमा परिक्षण उत्पादन गरि रहेकोछ । केपी सिमेन्टले ३ वर्ष अघिदेखि नै उत्पादन शुरु गरिरहेको छ ।
उद्योगहरुको सूचीमा यस क्षेत्रमा विभिन्न जिल्लामा पछिल्लो समय साना देखि ठुला उद्योग व्यवसायमा लगानी गर्ने क्रम ह्वात्तै बढेको छ । स्थानीय सरोकारवालाको अनुगमन र व्यवसायीमा आएको सचेतनाले दर्ता गरेर मात्र उद्योग व्यवसाय सञ्चालन गर्ने प्रवृत्ति बढेको घरेलु तथा साना उद्योग विकास समिति धादिङका उद्योग अधिकृत विजयकुमार भट्टराईले बताए ।
जिल्लाभरका ६ हजार १६३ वटा साना तथा मझौला खाले उद्योग व्यवसायमा ९० करोड ९४ लाख ३३ हजार ५३६ रुपैयाँ लगानी भएको उनले जानकारी दिए । सञ्चालनमा रहेका उद्योग व्यवसायमा १३ सय ७६ महिला र ३४ सय ६८ पुरुष कामदारले रोजगारी पाएका छन् ।
आर्थिक वर्ष ०७२ र ७३ मा उद्योग दर्ता तथा नवीकरण र पूँजी वृद्धिबाट ४८ लाख २७ हजार ६८० रुपैयाँ र वाणिज्य दर्ता तथा नवीकरण र पूँजी वृद्धिबाट ३३ लाख ९५ हजार ७८५ रुपैयाा गरी ८२ लाख २३ हजार ४६५ रुपैयाँ राजस्व संकलन भएको भट्टराईले बताए ।
गत आवमा वाणिज्यतर्फ ३८९ फर्म दर्ता, २५३ नवीकरण र ६३ फर्मको पूँजी वृद्धि भएको छ । उद्योगतर्फ ५८१ वटा फर्म दर्ता, १४० वटा फर्म नवीकरण र २४ वटा फर्मको पूँजी वृद्धि गरेको छ ।
जिल्लामा ५० क्रसर उद्योग, ६९ वटा फिरफिरे (बालुवा प्रशोधन गर्ने) ३१ इट्टा उद्योग सञ्चालनमा छन् । ब्लक उद्योग र इट्टा उद्योग दर्ता गर्ने क्रम भूकम्पपछि ह्वात्तै बढेको छ । पछिल्लो समय कृषकहरूले पनि कृषि तथा पशुपालन फर्महरू दर्ता गर्ने क्रम बढेको उद्योग अधिकृत भट्टराईले बताए ।
जिल्लामा दर्ता भएर संचालनमा आएका र वन्द भएका, राजधानीमा दर्ता भै यस जिल्लामा संञ्चालित कलकारखाना र उद्योगहरुको सूची कसैसंग पनि छैन । जिल्ला विकास, जिल्ला घरेलु तथा साना उद्योग विकास समितिले जिल्लामै दर्ता भएका मात्रै सूची राखेका छन् । कुन गाविसमा के के उत्पादन गर्ने उद्योग संचालनमा छन् ? यस्को तथ्याङ्क कसैसंग छैन ।
गाविसको सामान्य सिफारिस र नक्कली सर्जिमिन, नक्कली वातावरणीय अध्ययन पेश गरि अधिकांस उद्योग संचालनमा छन् । वस्ती र राजमार्ग नजिकै ग्यास रिफिल सेन्टरहरु, वस्ती छेउमै सिमेन्ट उद्योगहरु, ग्यास उद्योगसगै पेट्रोल पम्पहरु मापदण्ड विपरित छन् ।
ConversionConversion EmoticonEmoticon