सरकारीको ऐन कानूनलाई उल्लघन गर्दै धनुषाको नदीबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन गरी ढुवानी गर्ने तीन टिप्परलाई नियन्त्रणमा लिएको छ । तरपनि अवैध रुपमा ग्राभेल तथा ढुंगाखानी उत्खनन् रोकिएको छैन ।
धनुषाका नक्टाझिझ र लक्ष्मीनिवामा पर्ने औरही खोला र सौते खोला किनारबाट अवैध रुपमा बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन् गरेर जनकपुर ल्याउंदै गरेको तीन टिप्परलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरी पोष्ट जनकपुर मुजेलियाले चेकजाँचको क्रममा आईतबार राति बालुवा, गिट्टी र ग्राभेल लिएर आउंँदै गरेको टिप्पर चेकजाँच गर्दा आवश्यक कागजात नभेटिएपछि नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरिक्षक ज्ञानकुमार महतोले जानकारी दिए । प्रहरीले ए यस शुन्य एन एन जीसी २१७३, ना.१ ख. ५५४८ र एस शुन्य जी सी ८३२७ नम्बरको टिप्पर अवैध ग्राभेल सहित नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएको टिप्पर रेल्वेको काम गर्ने भारतीय कम्पनी नायक इन्फ्राष्ट्रक्चर प्रालिको रहेको छ ।
पक्राउ गरिएका तीन वटै टिप्पर जिल्ला विकास समिति धनुषालाई जिम्मा लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले जानकारी दिनुभयो । सरकारले अर्वौं लगानी गरेर चुरे क्षेत्र सरंक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको समयमा चुरे क्षेत्र सहित जिल्लाको विभिन्न नदी तथा स्थानबाट भईरहको अवैध बालुवा गिट्टी उत्खनन् रोक्न धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले निर्देशन दिएपनि उत्खनन कार्य जारी रहको छ ।
रेल्वेको काम पाएको कालिका रमण जेभि निर्माण कम्पनी र भारतको नायक इन्फ्राष्ट्रक्चर प्रालिले गैरकानूनी रुपमा लक्ष्मीनिवास र नक्टाझिझमा पर्ने औरही नदी तथा किनारबाट गैरकानूनी रुपमा स्काभेटर प्रयोग गर्दै आएको छ । उक्त ठेकेदार कम्पनीले रेल्वे निर्माण भन्दा पनि बालुवा, गिट्टी र ग्राभेल विक्रीमा बढी ध्यान दिएको बढि मुनाफा कमाउने उद्देश्यले जिल्लाको चुरे क्षेत्र तथा नदीको मूल प्रवाहमै स्काभेटर प्रयोग गरी ठूलठूला टिपरबाट ग्राभेल,बालुवा तथा गिट्टी धमाधम झिक्दै आएको स्थानीय सुरेश शर्माले जानकारी दिनुभयो ।
ConversionConversion EmoticonEmoticon