WNA District back to take bilateral action


अफगानिस्तानको एक उत्तरी जिल्ला तालिवानले कब्जामा लिएपछि त्यसलाई फिर्ता गर्न सरकारी सेना र तालिबानबीच भिडन्त भएको समाचार छ ।

को लागि तस्बिर परिणाम

अफगानिस्तानमा करिब डेढ दशकदेखि हत्या हिंसा मच्चाइरहेका विद्रोही तालिवानहरुले अफगानिस्तानको उत्तरतर्फको खान अबाद जिल्ला गतहप्ता कब्जामा लिएका थिए ।अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज प्रान्तको खान अबाद जिल्लालाई गएको शनिबार कब्जा गरेका बताइएको छ । त्यसअघि सो जिल्लामा तालिवान र सेनाबीच भिडन्त भएको थियो ।शनिबार दर्जनौँको सङ्ख्यामा रहेका तालिवानहरुले कब्जा जमाएका थिए । उनीहरुले बजार इलाकालाई कब्जामा लिएर आफ्नो नियन्त्रणमा रहेको घोषणा पनि गरेका थिए ।

त्यस यता सेनाले उक्त कब्जाबाट फुत्काउन गरेको प्रयास सफल हुन सकिरहेको छैन । सरकारी सेनाले पनि उनीहरुलाई लखेट्ने प्रयास गरेको बताएको छ ।उक्त जिल्ला प्रान्तीय सदरमुकाम कुन्दुज सहरबाट २५ किलोमीटर पूर्वमा पर्दछ । तखार र कुन्दुज प्रान्तलाई जोड्ने यो प्रमुख सहर हो ।उक्त जिल्ला कब्जागर्ने रणनीतिस्वरुप उनीहरुले बिगत लामो समयदेखि सुरक्षा निकायसँग भिडन्त गर्दै आएका थिए । सो भिडन्तका क्रममा यसअघि पनि कैयौँको ज्यान गएको छ । रासस÷सिन्ह्वा
Previous
Next Post »