When the wheel, change flat grounded Airbus


भाद्र १३, २०७३- आइतबार राति हङकङबाट आएको नेपाल वायु सेवा निगमको एयरबस पछाडिको पाङग्रा अवतरणका बेला पन्चर भएपछि जहाज ग्राउन्डेड भएको छ ।

नाइनएन– एकके डब्लु कल साइन भएको विमान ग्राउन्डेड भएपछि निगमले सोमबार दिल्ली, मुम्बई, बैंककका उडान रद्द गरेको छ ।

निगम स्रोतका अनुसार उक्त विमानको पछाडीपट्टी दायाँ भागमा रहेका दुईमध्ये एउटा पाङ्ग्रा कामै नलाग्ने गरी ब्रस्ट (पन्चर)  भएको छ । अवतरणका बेला धावनमार्गमा भएको पन्चर राति मात्रै प्राविधिकहरुले थाहा पाएका  थिए । ‘यात्रु सबै ओलिएसकेपछि पाङग्रामा चक लगाउने हेल्परले रिपोर्ट गरेको थियो,’ स्रोतले भन्यो ।

सोमबार विहान निगमले नीजी कम्पनी हिमालय एयरलाइन्सबाट एउटा पाङग्रा सापटी लिई हालेको छ । तर, विमान भने उडाइएको छैन । ‘एयरबसका इन्जिनियरहरुले प्रमाणीकरण गरेपछि मात्रै विमान उड्ने छ,’ स्रोतले भन्यो ।

यो विमानको एउटा पाङग्राको कम्तीमा पनि १७ हजार ५सय डलर मूल्य पर्छ  ।

Previous
Next Post »