चितवन - चितवनको मेघौलीमा गैंडा मारेको आरोपमा पक्राउ परेका नौ जनामध्ये चार जनालाई कारागार चलान गरिएको छ ।
आइतबार जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलाशले २ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई कारागार चलान गर्न आदेश दिएको हो ।
गत साउन २४ गते मेघौली सराई नामक होटलको छेउमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको थियो । सो घटनापछि प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो ।
होटलमा प्राकृतिक विज्ञको रुपमा कार्यरत भारतीय नागरिक दिपु शशी, होटल म्यानेजर भारतकै रितेष भट्ट, नवलपरासीको देवचुली २ का सिभिल ओभरसियर जीबन महतो र नारायणी नगरपालिका १ घर भएका इलेक्ट्रिसियन सुनिल महतोलाई कारागार चलान गरिएको जिल्ला अदालत चितवनका सूचना अधिकृत कृष्णप्रसाद बरालले जानकारी दिनुभयो ।
ConversionConversion EmoticonEmoticon