UN peace army asked to add quota


भाद्र १३, २०७३- सरकारले संयुक्त राष्ट्रसंघका उच्चअधिकारीलाई शान्ति मिसनमा उच्च अधिकारी सहित नेपाली सेनाको कोटा थप्न आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँड र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाल भ्रमणमा रहेका विश्व शान्ति सम्वन्धि सहयोग विभागका प्रमुख अतुल खेरेलाई राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको कोटा दोब्बर बनाउन आग्रह गरेका हुन् ।

उनीहरूले विश्व शान्तिका लागि नेपाली सेनाले अहिले भएको भन्दा दोब्बर बढि संख्या पठाउन सक्ने जानकारी दिंदै त्यस्तो आग्रह गरेका हुन । उपमहासचिवका खेरले सोमबार प्रधानमन्त्री दाहाल, रक्षामन्त्री खाँड र प्रधानसेनापति क्षत्रीलाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

शान्ति मिसनमा नेपालका तर्फबाट अहिले ४३ सय बढि नेपाली सेना कार्यरत छन भने नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट सात सय बढि छन् । सरकारले कुल संख्याको १० प्रतिशत सेनालाई राष्ट्रसंघिय शान्ति सेनामा पठाउन सक्ने निर्णय गरिसकेको छ । यो निर्णयअनुसार सरकारले शान्ति मिसनमा ९ हजार ६ सय सेना पठाउन सक्छ । त्यसले राष्ट्रसंघले नेपाली सेनाको कोटा बढाउनुपर्छ ।

राष्ट्रसंघ नेपाली सेनाको कोटा थप गर्ने र नेपाली उच्चअधिकारीको उपस्थितीमा समेत जोड दिनेमा सकारात्मक रहेको जानकारी उनले दिएका छन । प्रधानमन्त्री दाहालले नेपाली सेनाले विश्वका कठिन ठाउँहरूमा शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानलाई मूल्यांकन गर्दै राष्ट्रसंघले उच्चअधिकारी र सेनाको संख्यामा नेपालको कोटा बढाउन पर्नेमा जोड दिएका छन् । शान्ति सेनाको संख्या र शान्ति स्थापना सम्बन्धी भूमिकामा नेपालको प्रतिनिधित्व बढाउने नेपालको धारणा रहेको पनि उनले बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खेरले नेपाली सुरक्षाकर्मीले विश्व शान्तिमा गरेको योगदानको प्रशंसा गरेका थिए । उनले प्रधानमन्त्रलाई बधाई दिदै कार्याकालको सफलताको कामना पनि गरेका थिए । शान्ति र सुरक्षा मामिला सम्वन्धि उपमहासचिव रहेका उनले नेपालले अन्तराष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीहरूले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । अन्तराष्ट्रिय शान्ति कायम गर्ने कार्यमा थप शान्ति सेना पठाइ योगदान दिने नेपालको इच्छाका लागि साहाराना गर्दै उच्चपदमा पनि ख्याल गर्न सकिने बताए ।

रक्षामन्त्री बालकृष्ण खाँडसंगको भेटमा उनले स्पष्ट कोटा दोब्बर गर्न उनलाई आग्रह गरेको रक्षामन्त्रालयले जनाएको छ । उनले उच्च अधिकारीलाई पनि त्यसमा राख्नको लागि पहल गरेका थिए । नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म सीमित साधन र स्रोत भए पनि राष्ट्र रक्षा र विश्व शान्तिमा खेलेको भूमिकालाई सबैले उच्च कदर गरेको बताउदै राष्ट्रसंघबाट पनि संख्या थप गर्दै उच्च पदमा पनि सामेल गराउन पर्ने बताए ।

नेपाल सेनापति राजेन्द्र क्षत्रीले जंगिअड्मा स्थलगत सहयोग विभागका उपमहासचिव खेरेसंग संख्या थप्न सकिने धारणा राखेका थिए । राष्ट्रसंघको अनुरोधमा नेपाली सेनाले विश्व शान्तिका लागि पुर्‍याउदै आएको बहुआयामिक योगदानको खेरेले प्रशंसा गरेका थिए । सोही अवस्थामा क्षत्रीले उच्चपदको लागि नेपालीको सहभागितामा जोड दिनुपर्ने बताएका हुन । आगामी दिनमा गरिने सहयोग एवं सहकार्यका क्षेत्रको विस्तार र नेपालमा शान्ति सुरक्षाको विद्यमान वस्तुस्थितिका बारेमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बाँकी शान्तिप्रक्रियामा सहयोग गर्न राष्ट्रसंघ इच्छुक
संविधान जारी गरेपछि पनि त्यसको कार्यावन्यन र पुराना समस्या समाधानको विषमया संयुक्त राष्ट्रसंघले गर्न पर्ने सहयोगको लागि तयार रहेको जानकारी दिएका नेपाल भ्राणमा रहेको खेरेले दिए । नेपालको बाँकी शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने आफ्नो प्रयासमा संयुक्त राष्ट्र संघले पनि सहयोग गर्ने जानकारी उनले दिए । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको वडापत्र प्रति नेपालको प्रतिबद्धता जनाउँदै नेपाली स्वयंले सुरु गरेको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले पुर्‍याएको सहयोगी भूमिकाका लागि धन्यवाद दिदै आगामी दिनमा आवश्यक पर्दा साथ र सहयोग खोजिने बताए ।

अहिले नेपाल शान्तिप्रक्रिया कार्यावन्यन गर्दै दिगो शान्ति कायम गर्दै विकास परियोजना अघि बढाउने चरणमा रहेको बताए । नेपाल भ्रमणमा रहेका उनले अन्य उच्चअधिकारी तथा राजनीतिक दलका नेताहरुसंग पनि भेटघाट गरेका छन । उनी भारतीय मुलका करिअर डिप्लोम्याट हुन । भारतको तर्फबाट विभिन्न मुलुकमा राजदूत रहिसकेका उनले संयुक्त राष्ट्रसंघमा पनि शान्ति स्थापनाको क्षेत्रमा सहायक महासचिव हुदै सन २०१२ मा उनी उपमहासचिव भएका हुन् ।

Previous
Next Post »