"The first half 8 billion to bikyo Apple Computer '


एप्पल कम्पनीले निर्माण गरेको पहिलो पुस्ताको कम्प्युुटर एप्पल वानको नमूना झण्डै ८ करोड रुपैयाँमा बिक्रि भएको छ ।इलेक्ट्रोनिक्स संस्मरणको एक सुनौलो संग्रहणीय वस्तुको रुपमा रहेको एप्पल वानको प्रोटोटाइप सन् १९७६ मा बनेको हो ।एप्पल संस्थापक स्टिभ जब्स र स्टिभ वोज्नियाकले केवल २ सय वटा एप्पल वान निर्माण गरेका थिए पहिलोपटक ।

यो हप्ता लिलाम बढाबढमा बिक्रि भएको एप्पल वान भने व्यवसायिक रुपमा उत्पादन सुरु गर्नुअघि तयार पारिएको एप्पल वानको डमी मात्रै हो ।यो एप्पल कम्पनीको सबैभन्दा पहिलो मध्येको एक कम्प्युटर रहेको दाबी कम्प्युटर इतिहासबेत्ताहरुको छ ।

च्यारिटी बज नामक लिलामकर्ता संस्थाले यो कम्प्युटर १० लाख डलर सम्ममा बिक्रि हुने अनुमान गरेको भएपनि यसको अन्तिम मूल्य ८ लाख १५ हजार डलर भन्दा उकालो चढेन ।स्मरण रहोस् सन् २०१४ मा निकै दुर्लभ मानिएको चालु हालतमा रहेको एप्पल वान कम्प्युटर ५ लाख ५ हजार डलरमा बिक्रि भएको थियो, न्युयोर्कमा भएको एक लिलाम बिक्रिमा ।

सन् १९७६ मा निर्माण गरिएका २ सय एप्पल वान कम्प्युटरमध्ये केवल ७० वटाजति मात्र विश्वमा अहिले अस्तित्वमा रहेका विश्वास गरिन्छ ।सन् १९७६ को जुलाइमा बजारमा बिक्रिमा पठाउँदा एप्पल वानको मूल्य ६ सय ६६ डलर ६६ सेन्ट थियो । उत्पादन गरिएका २ सय कम्प्युटर मध्ये १ सय ७५ वटा बिक्रि भएका थिए भने अरु बाँकीलाई कम्पनीमै नष्ट गरिएकेा छ ।
Previous
Next Post »