12 km paitala walking shoulder to carry the dead wife of the Prime Minister


काठमाडौं, १३ भदौ - केहीदिन अघि गरिबीका कारण श्रीमतीको लाश लिएर लगभग १२ किलोमिटर पैदल हिडेका भारतस्थित उडिसाका दाना माझीको समाचारले निकै चर्चा पायो।

दाना माझी आफ्नो काँधमा श्रीमतीको लाश लिएर लगभग १२ किलोमिटर पैदल हिडे। माझीकी पत्नी टिबी रोगको शिकार बनेकी थिइन्। माझीसँग मृत श्रीमतीको शव घर लैजानको लागि आवश्यक रकम थिएन।

माझिले मृत श्रीमतीको शव घर लैजान अस्पतालसँग सहयोग मागिएको भएपनि अस्पतालले इन्कार गरेको बताए। उनीसँग कुनै विकल्प थिएन जसका कारण उनले लामो यात्रा काधँमा श्रीमतीको शव लिएर पुरा गरे।

भारतीय सञ्चारमाध्यहरुमा दाना माझीले एक कपडामा बेरीएको शव आफ्नो काँधमा बोकेर हिडेको दृश्य देखाइएको थियो। जुन पीडादायक थियो। त्यो दुर्दशामा बहराइनका प्रधानमन्त्री राजकुमार खलिफा बिन सलमान अल खलिफाले दानालाई आर्थिक सहयोग प्रदान गरेका छन्। दानाको समाचार पढेपछि पीडा सहशुस गरेर उनलाई सहयोग प्रदान गर्नेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।

भारतमा कम्तिमा एक तिहाई जनसंख्या गरिबीको रेखा भन्दा तल्लो जीवन गुजारा गरिरहेका छन्। यसमा अधिकांश दलित तथा आदिवासीको जनसंख्या छ। जसकोे जनसंख्याले पुरा जनसंख्याको एक चौथाई हिस्सा ओगटेको छ। एजेन्सी
Previous
Next Post »