Now clean Club Cup


भाद्र १३, २०७३- दक्षिण एसियाली फुटबल महासंघको हालै श्रीलंकामा बसेको बैठकले आठ टिमको अन्तरक्लब प्रतियोगिता सुरु गर्ने निर्णय गरेको छ । तर यसबारे अन्तिम निर्णय भने भइसकेको छैन । प्रस्तावित प्रतियोगितामा दक्षिण एसियाका सात देशका आठ क्लबको सहभागिता हुनेछ ।

साफ क्लब कप नाम दिइने प्रतियोगितामा प्रत्येक देशका लिग विजेताले भाग लिनेछन् । प्रतियोगिताको आयोजकले थप एक टिम उतार्न पाउनेछ । प्रतियोगिताबाट अन्तिम निर्णय दुई सातामा हुने श्रीलंकाली मिडियाले आइतबार जनाएका छन् । बैठकले आउने साफ च्याम्पियनसिपको मिति भने तय गरेको छ ।

बंगलादेशको ढाकामा हुने १२ औं संस्करणको प्रतियोगिता सन् २०१७ को डिसेम्बर २५ देखि जनवरी ५ सम्म हुनेछ । साफ च्याम्पियनसिप बंगलादेशमा हुने यसअघि नै तय भइसके पनि अहिले मिति मात्र निश्चित भएको हो । त्यस प्रतियोगितामा अफगानिस्तानले अन्तिम पटक भाग लिने अथवा नलिने भनेर भने तय भएको छैन ।

अफगानिस्तानले दक्षिण एसिया छाडेर केन्द्रीय क्षेत्र रोजेको छ । त्यसको निर्णय अब भारतको गोवामा हुने तय भएको महासंघको अर्को बैठकले गर्नेछ । त्यसै बैठकले महिलाको साफ च्याम्पियनसिप, साफ यू–१६ र यू–१९ आयोजना हुने स्थान र मिति तय गर्ने बताइएको छ ।

Previous
Next Post »