The party must support the opposition amendment of the constitution


रुपन्देही १३ भाद्र- नेकपा माओवादी केन्द्रका नेता एंव पूर्वअर्थमन्त्री बर्षमान पुन अनन्तले संविधान कार्यान्वयनका लागि संविधान संसोधनमा एमालेलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले मधेशबादी दल र केहि समुदायले सिमाङकनको बिषयमा चित्त नबुझाएकाले त्यसलाई सम्बोधन गर्न संविधान संसोधन जरुरी रहेको बताए ।

बुटवलमा भएको प्रदेश नम्बर ५ को सचिवस्तरीय बैठकपछि सोमबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पुनले प्रचण्ड नेतृत्वको सरकार संविधान संसोधन गरेर संविधानको कार्यान्वयनमा लाग्ने बताए ।

‘संविधानको कार्यान्वयनका लागि मेजर पार्टी मिल्नैपर्छ’  उनले भने –‘त्यसको लागि एमालेले अहिले प्रतिपक्षमा बसेको भएपनि संविधान संसोधनमा सघाउनुपर्छ ।’

सिमांकनको बिषयमा मधेशबादी दलहरुको चित्त नबुझेकाले संविधान संसोधन गर्नुपरेको उनले प्रष्ट्याए । संविधानको कार्यान्वयन, पर्नुनिर्माण र शान्तिप्रक्रियालाई टुङगोमा पु¥याउन मुख्य पार्टी जहाँ भएपनि मिल्नुपर्ने उनले बताए ।

नेता पुनले माओवादी अहिले स्थानीय तहको संरचनाका बारेमा पार्टीमा छलफल अगाडि बढाएको बताए । उनले स्थानीय तह ८ सय देखि १ हजारको बिचमा बनाउन उपयुक्त हुने बताए ।

Previous
Next Post »