अर्घाखाँची - आइतबार दिउँसो अर्घाखाँचीको हसंपुरमा दुर्घटनाका परेको जीपका चालकविरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा सोमबार सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ।
प्रहरीले गाडी चालक गुल्मीका उत्तम श्रीसविरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गराएको हो। प्रहरीको नियन्त्रणमा रहेका चालकविरुद्ध सवारी ज्यान मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले बताए।
प्रहरीका अनुसार हंसपुरमा भएको दुर्घटनामा चालकको लापरबाही देखिएको छ भने जीपको अवस्था पनि ठीक रहेको थिएन। अर्घाखाँचीको सन्धिखर्कदेखि प्युठानको बादीकोट जाँदै गरेको जीप हसंपुरमा आइतबार दिउँसो दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो।
उकालोमा हिँड्दाहिँड्दै गाडीले तानेन। गाडी ब्याक हुन खोज्यो चालकले स्टेरिङ घुमाए। चालकले स्टेरिङ घुमाउँदा घुम्न सकेन। ड्राईभरले ब्रेक दाबे ब्रेक लागेन, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले घटनाको वर्णन गर्दै सुनाए।
घटनास्थलको प्रकृति हेर्दा पुरानो गाडी कन्डिसनमा नहुनु र ड्राइभरको लापरबाहीका कारणले दुर्घटना भएको हो। दुर्घटनास्थलको प्रकृति हेर्दा गाडी सडकमै झण्डै ५० मिटर ब्याक भयो, उनले भने, उक्कालो बाटोमा जीपले नतान्नु, स्टेरिङ नघुम्नु र ब्रेक नलाग्ने एकै पटक हुँदा ड्राइभरको होस गुमेको हुन सक्छ।
ConversionConversion EmoticonEmoticon