विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनामा रहेको नेपालकै एक मात्र पाउडर प्लान्टको क्षमता विस्तार गर्ने कार्य शुरु गरिएको छ । राजधानी काठमाडौंको दुध अभाव हटाउन पाउडर प्लान्टको क्षमता दोब्बर बनाउन लागिएको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ ।
कृषि विकास मंत्रालयले दुध पाउडर प्लान्टका लागि ७ करोड रुपैयाँ उपलब्ध गराएपछि पाउडर प्लान्टको क्षमता अब ३ मेट्रिक टनबाट बढेर ६ मेट्रिक टन पुग्नेछ । अहिले सो प्लान्टबाट दैनिक ३० हजार लिटर दुधबाट ३ मेट्रिक टन पाउडर दुध उत्पादन हँुदै आएको छ । राजधानी काठमाडांैमा वार्षिक १४ सय मेट्रिक टन पाउडर दुध आवश्यक हँुदै आएकोमा विराटनगरबाट ५ सय मेट्रिक टन मात्र आपूर्ति हुने गरेको थियो । प्लान्ट निर्माणको कार्य शुरु भईसकेको र यसै आर्थिक वर्ष भित्रमा निर्माण सम्पन्न गरिने विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख ईश्वरीराज न्यौपानेले जानकारी दिनुभयो ।
पाउडर प्लान्टको क्षमता विस्तार पछि दुध संकलन गर्ने क्षेत्र पनि बढाइने सो कार्यालयले जनाएको छ । विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वको पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सप्तरीबाट दुध संकलन गर्ने गरेकोमा बिजुली र यातायात सुविधा पुगेमा ताप्लेजुङ, उदयपुर, संखुवासभा र भोजपुर जिल्लाबाट समेत दुध संकलन गरिनेछ । दुग्ध वितरण आयोजनाले पूर्वका ७ वटा जिल्लाबाट दैनिक ४० देखि ४५ हजार लिटर दुध संकलन गर्ने गरेको छ ।
ConversionConversion EmoticonEmoticon