भाद्र १४, २०७३- वीर अस्पतालको पुरानो आईसीयूमा २० दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारीको रगत परीक्षणमा संक्रमणको संकेत देखिएको छ । अधिकारीलाई सोमबार १०५ डिग्रीको उच्च ज्वरो देखिएको थियो । उनको छातीको एक्स–रेसमेत गरिएको छ ।
गंगामायालाई मंगलबार बिहान भने ९९ डिग्री ज्वरो थियो । उनलाई हाल एन्टिबायोटिकलगायत औषधि दिइराखिएको उल्लेख गर्दे अस्पतालका कामू निर्देशक डा.भूपेन्द्र बस्नेतले स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको बताए ।
माओवादी द्वन्द्वकालमा मारिएका आफ्नो निर्दोष छोराका हत्यारालाई कानुनी कारबाहीको माग गर्दै गंगामायाले दोस्रो पटक अनशन सुरु गरेकी हुन् । ११ महिना लामो आमरण अनशनकै क्रममा उनका पति नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो ।
ConversionConversion EmoticonEmoticon