Therefore his violent infamous North Korean ruler of intense action


खेलमा हार जित हुनु स्वभाविक हो । तर पनि खेलमा भाग लिएका जुनसुकै खेलाडीको लक्ष्य पनि जित नै हो । तर खेलमा सबै विजेता बन्न असम्भव छ नै । खेलमा पराजित खेलाडीहरुले पनि ढाडस र हौसला पाउछन आगामी खेलका लागि । तर उत्तर कोरियामा भने हौसला नभई सजाय पाएका छन् । आफ्ना क्रुर कर्महरुले विश्वभर नै बदनामी कमाइरहेका उत्तर कोरियाली साशस किम जोङले ओलम्पिकमा पदक नजितेको भन्दै पदक जित्न नसकेका खेलाडीहरुको कठोर दण्ड दिने तयारी थालेका छन् ।
रियो ओलम्पिकमा सहभागी दुई सय ४ राष्ट्र मध्ये ७८ राष्ट्रले पदक जित्यो । अमेरिकाले सवार्धिक १२१ वटा पदक जित्दा उत्तर कोरियाको छिमेकी शत्रु दक्षिण कोरियाले ९ स्वर्ण, तीन कास्य र ९ रजत जित्दा उत्तर कोरियाले भने मात्र दुई स्वर्ण, तीन रजत र दुई कास्य जित्यो । तर उत्तर कोरियाबाट सहभागी धेरै खेलाडीले रियोबाट रित्तो हात फर्किन बाध्य भए । रित्तो हात फर्कन बाध्य खेलाडीहरुसंग एकातिर पदक जित्न नसक्नुको पीडा कायम रहदा अर्को पीडा पनि थपिएको छ राज्यबाट । उत्तर कोरियाका शासक किम जोङले रियो ओलम्पिकमा पदक नजित्ने खेलाडीलाई कडा कारवाही हुने बताएपछि रियो ओलम्पियन खेलाडीहरुको यतिखेर थप तनावमा छन् । किम जोङले रियो ओलम्पिकमा पदक नजित्ने सबै खेलाडीलाई कोइला खानीमा काम गर्न पठाइदिनु भन्ने आदेश दिएपछि खेलाडीहरुको अवस्था दयनीय बनेको छ । यत्तिमात्र नभई उनले पदक नजित्ने खेलाडीको रासन कार्ड पनि रद्ध गर्न आदेश दिएका छन् ।

किमले पदक नजितेको झोकमा खेलाडीलाई मात्र नभई खेलाडीका परिवारलाई पनि कोइला खानीमा काम गर्न लगाउने तयारी गरेका छन् । रियो ओलम्पिकमा उत्तर कोरियाली खेलाडीले २ स्वर्ण मात्र जिते । यता रियोमा उत्तर कोरियालाई स्वर्ण दिलाएकी एक जिम्न्याष्ट हान्ग युन जुङसँग दक्षिण कोरियाली खेलाडीले सेल्फी लिएकी थिइन् । दुश्मन देशको खेलाडीसँग सेल्फी खिचेको आरोपमा हान्गलाई नसोचिएको कारवाही हुने सम्भावना पनि त्यतिकै प्रवल बनेको छ । जसले गर्दा समग्रमा रियो ओलम्पिक २०१६ उत्तर कोरियाको लागी भने नखाएको विष सरह बनीरहेको छ । सन् २०१० को विश्व कप फुटबलमा उत्तर कोरियाली टिम पहिलो चरणबाट बाहिरिएपछि सबै खेलाडीले कडा सजाय पाएका थिए । फुटबल टिमका सबै खेलाडीलाई मजदुरीको लागि कोइला खानीमा पठाइएको थियो । एउटा साशकको सनकले त्यस देशका नागरिकले कुन हदसम्म सास्ती भोग्नु पर्छ, यो धेरैले धेरैको इतिहासमा लेखेका छन् । उत्तर कोरियाली साशकको यो उपद्रोको पनि इतिहासका बदनाम अध्यायहरुमा लेखिने नै छ ।

Previous
Next Post »