तमोर नदी किनारमा माछा मारेर वजारमा विक्री गर्दै गुजारा चलाउँदै आएका पाँचथर र तेह«थुमका स्थित तमोर नदी किनारमा वसोवास गर्दै आएका माझीहरु यो वर्ष समस्यामा छन ।
२७ जेठमा उत्तरी ताप्लेजुङका विभिन्न गाविसमा एकैसाथ गएको पहिरो पश्चात तमोरमा आएको वाढीले तमोरका वगाएपछि पछिल्लो समय जाल र वल्छीमा माछा नपर्दा उनीहरु समस्यामा परेका हुन ।
”पहिले – पहिले यो सिजनमा एक जनाले दैनिक ५ देखि १० किलो माछा माथ्र्यौ,तर यसपालि खोलामा माछा मासिएकाले दिनभरी खट्दा वेलुका तरकारी खाने पनि पुग्दैन तेह«थुम सिम्ले ३ सिम्राघाटका प्रकाश माझी भन्छन । तमोर नदी किनारमा पर्ने पाँचथरको अमरपुर ९ पिनासीघाट, नक्कलेघाट फिदिम र भारपाको संगममा पर्ने माझीटारसँगै तेह«थुम र पाँचथरको सिमानामा पर्ने सिम्राघाट र लुमुघाटमा गरी करिव एकसय पचास माझीहरु वसोवास गर्दै आएका छन ।
यहाँका माझीहरु मध्ये अधिकांशको व्यवसाय माछा मारेर विक्री गर्नु नै हो । उनीहरुले मारेका माछा मध्ये केहि ग्राहक घर–घरमा गएर खरिद गर्छन भने केहि माझीहरुले पाँचथरको फिदिम र तेह«थुमको म्याङलुङसँगै नजिकका वजारसम्म लगेर विक्री गरी आर्जन भएको पैसाले दैनिक उपभोग्य सामग्री खरिद गर्नु उनीहरुकोे दिनचर्या हो ।
“यो वर्ष आएको वाढीले तमोरका माछासँगै हाम्रो रोजिरोटी पनि वगाएर लग्यो ।”– भारपा ९ माझिटारका बीरवहादुर माझी भन्छन । विगत वर्ष दिनभरीमा पाँचदेखि सात किलोसम्म माछा मर्ने दोभानमा वाढी पश्चात एककिलो पनि पर्न छोडेपछि विभिन्न घाटमा वस्ने माझीहरुले माछा मार्ने जाल,थकौली र वल्छी थन्क्याएको पनि उनले वताए ।
वाढीमा तमोरका सवैखाले प्रजाती वगेका कारण पहिलेकै अवस्थामा फर्कन करिव तीनवर्ष माझीहरु वताउछन । परापुर्व कालवाटै यी घाटमा वसोवास गर्दै आएका माभीहरु केहि समय अगाडीसम्म माछा मार्नसँगै तमोरमा डुंगा मार्फत मान्छे तार्ने काम गर्थे पछिल्ला वर्षहरुमा माझीटार,नक्कले,सिम्रा,पिनासी र लुमु सहित अधिकांस घाटमा पुल वनेपछि उनीहरुको पुख्र्यौली व्यवसायमा धक्का लाग्न थालेको माझीटारकै जसवहादुर माझी वताँउछन ।
पछिल्लो समय यी घाटका अधिकांस स्थानमा मोटरवाटो समेत जोडिएको छ । विकास निर्माणसँगै विगतमा दुर्गम रहेका माझीवस्ती र तमोर गड्तीरमा माछा मार्न गैर माझीहरु पुग्न थालेपछि आफ्नो व्यवसाय थप जोखिममा परेको माझीहरुको प्रतिकृया छ । “तमोर घाट्का माझीहरुको आफ्नै जग्गा जमिन छैन,वर्षाभर दुःख गरेर फलाएको अन्न साहुले आधा लगिदिन्छन,पुल वनेपछि नाऊ थन्क्याँयौं,वाढीले माछा पनि सवै लगिदिए अव हामी के गरी वच्ने ?”–सबहादुरले भने । यहि अवस्था जारी रहे माझीपनि क्रमशः लोप हुने अवस्थामा पुग्यौं । तसर्थ राज्यले पनि हाम्रा हितमा हुने कार्यक्रम ल्याउनु जरुरी छ ।–जसवहादुरले थपे ।
जेठ २७ गते उत्तरी ताप्लेजुङका सान्थाक्रा, थिङलावु,लिङतेप,सान्थाक्रा, लिंखिम र लिवाङमा गाविसहमा पहिरो जाँदा ३८ जनाको ज्यान जानुका साथै १९ जना वेपत्ता भएका छन । ती गाविसमा गएको पहिरो गएपछि थुनिएको तमोर नदी खुल्दा तमोर नदीमा वाढी आएको थियो । वाढीका समयमा स्थानीयले सयौं टन माछा समातेर डोको,झोला,ट्याक्टर र ढकार मार्फत वजारसम्म पु¥याएका थिए । त्यसताका वाढि आउनु अघिल्लो दिनसम्म प्रतिकेजि ७ सयमा विक्री भएको माछा वाढी वाढीले मारेपछि वजारमा स्थानीयले एकसय पचास रुपैंया प्रतिकेजीमा किनवेच भयो । आजकल प्रतिकेजी हजारका दरले खरिद गर्छौ भन्दा पनि भेटिन छोड्यो फिदिम स्थित होटल अजिमाका सञ्चालक विमल श्रेष्ठ भन्छन ।
ConversionConversion EmoticonEmoticon