न्युरोड र प्युखा क्षेत्रमा पसल संचालन गर्दै आएका पवन सरावगी, मोहनमान श्रेष्ठ, कुमार राई र निर्दोष प्रसाईंलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
खनालका अनुसार सरावगीबाट ६३ लाख ५० हजार, श्रेष्ठमा २० लाख, प्रसाईबाट १९ लाख रकम बरामद भएको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
मनी चेन्जर, मनी ट्रान्फर र ट्राभल एजेन्सीको आवरणमा हुन्डी कारोबार हुने सूचनाको आधारमा महाशाखाले यसअघि न्यूरोड, दरबार मार्ग, ठमेल लगायतका क्षेत्रमा छापामारी २० भन्दा बढी कारोबारीलाई पक्राउ गरिसकेको छ ।
ConversionConversion EmoticonEmoticon