नेपालले नेदरल्याण्डलाई उसकै भूमिमा घुँडा टेकाउनुको ७ कारण यस्ता छन्:
१. कप्तान पारसको कप्तानी पारी
पहिलो खेलमा नेदरल्याण्डसँग सात विकेटले हार्दा कप्तान पारस खड्का गोल्डेन डकआउट भएका थिए । त्यसैले दोस्रो खेलमा उनले राम्रो मात्र खेलेनन्, उत्कृष्ट खेले र नेपालको जितको आधार तयार पारे । ब्याटिंग र बलिगंमा दुवैमा उनी जम्दा नेपालले जितको आधार खडा गर्यो । ब्याटिंगमा पारसले ९४ बलमा ८४ रनको महत्वपूर्ण पारी खेले । सागर पुनसँग एक सय बढी रनको साझेदारी गरे । यो नै नेपालको जितको सबैभन्दा महत्वपूर्ण पक्ष बन्यो । साथै, पारसले सुरुका महत्वपूर्ण दुई विकेट पनि आफ्नो नाममा लेखाए ।
२. सागर पुन र ज्ञानेन्द्र मल्लको योगदान
ज्ञानेन्द्र मल्लले ३९ रन र पारससँग मिलेर सागरले ४५ रन बनाउनु नेपालको अर्को महत्वपूर्ण कारण बन्न पुग्यो । पहिलो खेलमा स्तर अनुसारको पनि खेल नखेली ९४ रनमा अलआउट हुनुको दुःखद् पीडा पनि नेपाली खेलाडीमा थियो तसर्थ दोस्रो खेलमा सबै खेलाडीले राम्रो र प्रभावकारी खेल देखाए ।
३. सबै खेलाडीले विकेट लिनु
२१८ रनको औसत लक्ष्य दिएको नेपालले ६ जना बलरलाई बलिंग गरायो । रोचक पक्ष के रह्यो भने ६ जानै बलरले नेपालको लागि विकेट निकाले । सोमपाल कामी, पारस खड्का र वसन्त रेग्मीले समान दुई विकेट लिए । शक्ति गौचन, सागर पुन र सन्दिप लामिछानेले पनि समान एकएक विकेट लिएर हात खाली गरेनन् । सन्दिपले ९ ओभरमा ४८ रन खर्चंदै ५.३ को औसतमा बलिग गर्दै केही महंगो सावित देखिए पनि अरु खेलाडीले ५ भन्दा मुनी नै औसत रनरेटमा बलिंग गरे ।
४. कमजोर हारले बदलाको भावना
विश्व क्रिकेट लिगको लिडर टोली नेदरल्याण्ड सहभागी देशमा सबैभन्दा अगाडि रहेको थियो । बलियो डच टोलीले पहिलो खेलमा आफ्नै भूमिमा नेपाललाई ९४ रनमै समेट्दै १६.५ ओभरमै नेपाललाई ७ विकेटले पराजित गरेपछि नेपाली टोली दुखी र खिन्नमात्र थिएन तनावमै परेको थियो । किनकी विश्वकै महत्वपूर्ण देशलाई तर्साइसकेको नेपालले आफ्नो स्तरभन्दा पनि कमजोर खेल्दै एक सय रन पनि बनाउन नसक्दा खेलाडीमा अर्को खेलमा साह्रै नै बदलाको भावना जागेको थियो । त्यसैले दोस्रो खेलमा आयोजक डच टोलीलाई उसकै मैदानमा नेपाली टोलीले धूलो चटाएरै छाड्यो ।
५. डचले ब्याटिंगमा नेपाललाई बोलाएदा फाइदा
डच टोलीले टस जितेर नेपाललाई ब्याटिंगको निम्ति पहिले बोलाउनु पनि नेपालको लागि फाइदाको विषय हुन पुग्यो । पछि रन पछ्यानुपरेको भए दबाबमा आएर खेल्नुपर्दा हार्ने सम्भावना हुने भएकोले पहिले ब्याटिंग गर्दा नेपाल दबाबमा नआइकन खेल्न पुग्यो र, मध्यम २१८ रनको चुनौति दिंदा पनि जित्न सफल भयो । पहिलो खेलमा ९४ रनमा नेपाली टोलीलाई रोकेको डचले दोसा्रे खेलमा पनि यस्तै हुन्छ भन्ने सोच पनि त्यो इतिहास काम लागेन ।
६. डचको जित्नका लागि हतारो
अन्तिममा रनरेट माथि नै भए पनि ठूला सट खेल्दा जित्न सकिन्छ । तर, डच टोलीले १९३ बाट ५ रन जोड्दा अन्तिमका ४ विकेट गुमाएर पूरै बल खेल्न नपाउनु पनि नेपालको लागि जितका लागि कारण बन्यो । ९ बल अगावै डच टोली अलआउट हुन पुग्यो । छिटो जित्ने धुनमा र रनरेट बढ्दै जाँदा अत्तालिए। नेपालले १९ रनले जित्न पुग्यो ।
७. पार्टनरसिपको फाइदा
पारस र सागरले चौथो विकेटका लागि ११८ रनको पार्टनरसिप गर्नु नेपालको लागि जितको महत्वपूर्ण आधार बन्यो । तर, डच टोलीको ठूलो पार्टनरसिप चौथो विकेटका लागि ८२ रनको मात्रै भयो ।
नेपाल ८ मध्ये छैटौं स्थानमा
यो लिग खेल्ने ८ टिममा ८ वटा खेल खेलेको नेपालले तीन खेल जित्दै ६ अंक बनाएर छैटौं स्थानमा छ । पहिलो स्थानमा नेदरल्याण्ड ८ खेलबाटै १२ अंक जोड्न सफल भएको छ । हगंकगं, स्कटल्याण्ड, पपुपान्युगिनी र केन्या क्रमशः नेपालभन्दा अघि छन् । समान ६ अंक भए पनि ६ खेल खेलेको केन्याको पनि नेपाल जत्तिकै ६ अंक छ । अब उसले दुवै खेल हारे नेपालभन्दा रनरेटमा पछि पर्न सक्छ । नेपालले पपुपा न्युगिनी र स्कटल्याण्डसँग दुई दुई खेल नै गुमाएको थियो । तर, गत वैशाखमा काठमाडौंमा भएको दुवै खेलमा नामिबियालाई हराएको थियो । नेपालले अब युएई, हगंकगं र केन्यासँग खेल्न बाँकी छ ।
ConversionConversion EmoticonEmoticon