According to the new table lamp, now only a week to 48 hours

आजदेखि लागू हुने गरी विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि घटायो

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । आजदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।


नयाँ तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो । अबदेखि एक दिन ६ घण्टा, तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा र एक दिन ७ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले परिस्थिति प्रतिकुलरअनुकुल भएका एक घण्टा लोडसेडिङ थपघट हुन सक्ने जनाएको छ । यस्तै बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण सकेसम्म बन्द गरी लोडसेडिङ न्युनिकरणमा सहयोग गर्न पनि प्राधिकरणले सबैसँग आग्रह गरेको छ ।
Previous
Next Post »