![]() |
त्यसैले आज हामी तपाईँहरूलाई यस्ता मिथ्या धारणाहरूको बारेमा जानकारी दिन गैरहेका छौँ, जसले गर्दा तपाईँको सुत्ने समय र गुणस्तरमा प्रत्यक्ष असर परिरहेको छ।
१. “टिभी हेर्दै सुत्नुहुँदैन”
धेरैले के विश्वास गर्छन् भन्दा सुत्ने बेला टिभी हेर्दा त्यसबाट निस्किने विकिरणले राति सुत्नलाई बाधा पुर्याउँदछ। तर अमेरिकी निन्द्रा विशेषज्ञ ‘मिसेल क्राउच’ भन्छन्, “कतिपयलाई राति टिभी नहेरी निन्द्रा नै नलाग्ने हुन्छ। एकछिन भएनि टिभी हेरेपछि बल्ल उनीहरूको आँखा लाटो हुँदै जान्छ। हो, टिभीको विकिरणले आँखालाई असर गर्छ, तर सुत्नको लागि टिभीको सहारा लिनु गलत हुँदैन।
त्यसैले, यदि तपाईँको पनि टिभी हेर्दाहेर्दै निदाउने बानी छ भने, टिभीलाई टाइमरअनुसार बन्द हुने गराउनुहोस्, ताकी राति डिस्टर्ब नगरोस्।
२. “धेरै दिनको निन्द्राको भोकलाई बिदाको बेला मेटाउँछु”
यो एकदमै गलत सोँच हो। हार्वर्ड युनिभर्सिटीमा हालै भएको एक अनुसन्धानले, बिदाको बेला १० घण्टा बढि नै सुतेपनि धेरै दिनको निन्द्राको भोक मेटिँदैन भन्ने तथ्य पत्ता लगाएको छ।
यसलगायत, विहान धेरै बेर सम्म सुत्नाले तपाईँको शरीरको आन्तरिक प्रणालीमा गडबड हुन जान्छ, जसले गर्दा मोटोपना, मधुमेह अनि मुटु सम्बन्धी समस्या हुन जान्छ।
३. “२/३ रात निन्द्रा लागेन भने अनिन्द्रा रोग लागेको हो”
साधारणतया अधिकांशलाई कुनै-कुनै रात निन्द्रा नलाग्ने हुन्छ। तर यसको मतलब अनिन्द्रा रोग लागेकै हो भन्नु गलत हुन जान्छ। किनभने, धेरै कुराहरूले गर्दा राति निन्द्रा नलाग्ने हुन्छ। तर, यदि तपाईँको निन्द्रा नलाग्ने समस्या ५ रात भन्दा बढिसम्म हुन गयो भने, त्यसले अनिन्द्रा (Insomnia) रोगको सङ्केत गरेको हुन सक्छ। त्यस्तो बेलामा तुरुन्तै चिकित्सकको सहयोग लिनु जरुरी हुन्छ।
४. “मध्यपानले सुत्न मद्दत गर्दछ”
धेरैले राति सुत्नको लागि रक्सीको सहारा लिने गर्दछन् तर त्यसले काम गर्दैन। एकछिन आराम दिएर चाँडै निदाउनको लागि यसले सहयोग गर्ला, तर गहिरो र मिठो निन्द्राको लागि मध्यपानले बाधा पुर्याइरहेको हुन्छ। हो, त्यही गहिरो निन्द्रा नलागेर नै विहान ह्याङ्गोभर हुने हुन्छ।
५. “वृद्ध व्यक्तिलाई थोरै निन्द्रा भएपनि पुग्छ”
अधिकांश वृद्धवृद्धाहरूले के सोँच्छन् भन्दा उनीहरूलाई थोरै निन्द्रा भएनि पुग्छ। तर यो सरासर गलत हो। रातिको बेला उनीहरू धेरै बेरसम्म सुत्न सक्दैनन्, किनभने उनीहरू दिनको बेलामा पनि सुतिरहेका हुन्छन् जसले गर्दा रातिको निन्द्रामा असर पर्न जान्छ। यदि २४ घण्टाको समयलाई हेर्ने हो भने, वृद्धहरू पनि साधारण व्यक्तिजति नै सुतिरहेका हुन्छन्।
![]() |






ConversionConversion EmoticonEmoticon