भद्रपुर, जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ ।
यस्तै कोदोबाट रु ११ करोड ७८ लाख १० हजार, फापरबाट रु सात करोड ९२ लाख, जुसबाट रु पाँच करोड ७४ लाख ७५ हजार, आलुबाट रु पाँच अर्ब ५४ करोड ८० लाख, तेलहनबालीबाट रु ४३ करोड ८० लाख, दलहनबालीबाट रु ६९ करोड ८० लाख ६० हजार, चियाबाट रु तीन अर्ब तीन करोड ३० लाख र माछापालनबाट रु १९ करोड चार लाख आम्दानी भएको कार्यालयले जनाएको छ ।
यसैगरी सुपारीबाट रु एक अर्ब ५२ करोड १५ लाख २० हजार, नरिवलबाट रु तीन करोड ९० लाख ६० हजार, मरिचबाट रु २१ लाख १२ हजार, रबरबाट रु चार करोड १० लाख र पानबाट रु एक लाख ७२ हजार आम्दानी भएको बताइएको छ । रासस
ConversionConversion EmoticonEmoticon