श्रावण २४, २०७३- पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकार विस्तार भएको छ ।
सरकारमा राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तबाट जयदेव जोशी मन्त्री भएका छन् । तीनै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ शीतल निवासमा शपथ ग्रहण गराएकी छन् ।
दाहाल सरकार दोस्रोपटक विस्तार भएको हो । साउन २० गते प्रधानमन्त्रीसहित ५ मन्त्रीले शपथ लिएका थिए ।
राप्रपाबाट मन्त्री भएका बोहरा र पाण्डे प्रत्यक्ष निर्वाचित सांसद हुन् । बोहरा रुपन्देही– २ र पाण्डे चितवन– ५ बाट निर्वाचित भएका हुन् ।
ConversionConversion EmoticonEmoticon