श्रावण २४, २०७३- मानव तस्करीको आरोप लागेका नेकपा माओवादी केन्द्रका ९ जना सभासदहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले ति सभासदको पासपोर्ट लगायत अन्य सक्कली कागजातहरु उपलब्ध गराउन भारतस्थित स्पेनी दुतावासलाई आग्रह गरेको छ । भिसाको लागि आवेदन दिएका सवै सभासदको सक्कल कागजात भारतस्थित स्पेन दुतावासमा रहेको छ ।
स्पेन जान अर्को व्यक्तिको नाम थपेर नौ जना नेपाली सभासदहरुले भारतस्थित स्पेन दुतावासमा पेश गरेका कागजातहरु नेपालको कन्सुलर विभागले जारी नगरेको जानकारी समेत नेपालले भारतस्थित स्पेनी दुतावासलाई जानकारी गराईसकेको छ । ति कागजता नेपालको कन्सुलर कार्यालयले तयार नपारेको पुष्टी गरेपछि नक्कली कागजात तयार पारेको लगभग पुष्टी भएको एक अधिकारीले जानकारी दिए ।
ति सभासदहरुले पेश गरेको कागजात शंकास्पद भेटिएपछि यस अगाडी नै भारतस्थित स्पेनी दुतावासले उनीहरुलाई भिसा जारी नगर्ने जानकारी गराइसकेको छ । पहिला ८ जना सभासदहरुमाथि अनुसन्धान शुरु गरिएकोमा पछि अर्का एक सभासदको वारेमा पनि अनुसन्धान गर्न स्पेन दुतावासले आग्रह गरेको थियो ।
“प्रहरीले अनुसन्धानको लागि सक्कली कागजात चाहिने भन्दै भारतस्थित स्पेनी दुतावासमा रहेको ति सभासदको सक्कली कागजात माग गरेको अनुसार परराष्ट्रमन्त्रालयमार्फत स्पेन दुतावासलाई उपलब्ध गराउन भनिएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । परराष्ट्र स्रोतका अनुसार अव स्पेनी दुतावासबाट कागजात संकलन गरेर अनुसन्धानको लागि प्रहरीलाई हस्तान्तरण गरिने छ ।
यस अगाडी सभासदलहरुको कागजात शंकास्पद लागेपछि स्पेन दुतावासले अनुसन्धान गर्न नेपाललाई आग्रह गरेको थियो ।
स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली वनाएर अर्को व्यक्तिको नाम थपेर मानव तस्करी संलग्न भएको आरोप उनीहरुमाथि लागेको छ । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पीए बनाएर असम्बद्ध व्यक्तिको नाम थपेको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगाडि बढाएको हो । अर्का एक सभासदको भने नाम सार्वजनिक गरिएको छैन् ।
यस विषयमा माओवादी केन्द्रले पनि छानविनको लागि कमिटी वनाएको छ । तर माओवादीले सात दिनको लागि वनाएको छानविन टोलीले के प्रतिवेदन दियो भन्ने जानकारी गराइएको छैन् ।
ConversionConversion EmoticonEmoticon