Donation by the government of India to the Government of Nepal


भारतले नेपाल सरकारलाई सहयोगस्वरुप १७ वटा दमकल उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई ती दमकल हस्तान्तरण गर्नुभएको छ ।

देशभरका अधिकांश नगरपालिकामा दकमल नभएको अवस्थामा भारतले सरकारलाई एकैपटक १७ वटा दमकल प्रदान गरेको हो । १७ मध्ये १० वटा दमकल फम टेण्डर हुन् भने ७ वटा वाटर टण्ेडर रहेको छ । भारतले हस्तान्तरण गरेको दमकल बुझ्दै स्थानीय विकास मन्त्री हितराज पाण्डेले आगलागीका बढ्दो घटनामा दमकल सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपालका लागि भारतीय राजदुत रञ्जीत रेले नेपालको समस्या भारतको पनि समस्या भएको भन्दै नेपाललाई सहयोग गर्न पाउनु मित्र राष्ट्रका कर्तव्य भएकाले यसको सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।


भारतले सहयोग गरेको दमकलहरुलाई नेपाल सरकारले गर्ने निर्णयअनुसार विभिन्न नगरपालिकाहरुमा हस्तान्तरण गरिने र यसको प्राविधिक व्यवस्थापन भने काठमाडौं महानगरपालिका अन्तर्गतको जुद्ध बारुणयन्त्रले गर्ने मन्त्री पाण्डेले जानकारी दिनुभयो ।
Previous
Next Post »