राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रिया सुरु गरेसँगै नेकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड साउन १९ गते नेपालको ३९ औं प्रधानमन्त्री बन्ने सुनिश्चित भएको छ ।
प्रचण्डलाई मधेशी मोर्चाले सशर्त मतदान गर्नेः यस्तो छ शर्त
आफ्नै ८२ सिट रहेको माओवादीलाई २०७ सिट रहेको कांग्रेससहित मधेसी मोर्चा, राप्रपा, फोरम लाकतान्त्रिकसहितका १७ दलले सहयो गर्ने भएपछि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्ने स्पष्ट भएको हो । अब संसद सचिवालयको निर्वाचन समिति मंगलबार प्रधानमन्त्रीका लागि उम्मेदवार दर्ता गर्ने, नाम फिर्ता गर्ने र अन्तिम नामावली प्रकाशन गरी १९ साउनमा प्रधानमन्त्री चयन गर्ने तालिकाको कामलाई अघि बढाएको छ ।
प्रचण्डलाई सहयोग गर्ने दल १७ वटा देखिएका छन् । जसमा ३६४ मत पुग्ने देखिन्छ । अहिलेको व्यवस्थापिका संसदमा जम्मा ५९४ सांसद छन् ।
राष्ट्र्रपति भण्डारीको एक पत्रले बदलियो माहौल
बहुमतबाट प्रधानमन्त्री बन्न २९८ मत आवश्यक पर्छन । तर, प्रचण्डलाई समर्थन गर्ने १७ दलको सिट संख्या जोड्दा ३६४ पुग्छ । यो मत भनेको व्यवस्थापिका संसदमा झण्डै दुई तिहाई हो । उता प्रधानमन्त्री ओलीको पक्षमा ७ दलको २२२ मत देखिन्छ । तर, राप्रपा नेपाललाई पनि माओवादी कांग्रेसले सरकारमा ल्याउन फकाइरहेका छन् । २५ सिट भएको कमल थापा नेतृ्तवको राप्रपाले पनि साथ छोडे एमालेले उसको आफ्नै बाहेक, माले, राजमो, नेपकिपा, नेपाल परिवार दल र बहुजन शक्ति पार्टीको मात्र समर्थन रहने बुझिएको छ ।
एमालेको उम्मेदवार टुगो लाग्न बाँकिः सुवासको सम्भावना
प्रचण्डलाई झण्डै झण्डै दुई तिहाई पुग्दै गर्दा एमाले उनलाई सर्वसम्मत हुने दिने मनस्थितिमा छैन । उसले आफ्नो दलको तर्फबाट पनि उम्मेदवारी दिने तयारी गरेको छ । तर, कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो छैन । पूर्व सभामुख एवं वर्तमान एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता वामदेव गौतम र राजमोका अध्यक्ष चित्रबहादुर केसीसम्मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइने चर्चा छ ।
यसरी अघि बढ्दै आयो सरकारको खेल
असारको अन्तिम साता माओवादी र कांग्रेसबीच सात बुँदे सहमति भएपछि यी दुई दलले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर, प्रधानमन्त्री केपी ओलीले आफू अल्पमतमा परेपछि पदबाट राजीनामा दिंदै नयाँ सरकारको लागि बाटो खोलिदिएका थिए । तर, बाटो खोल्दा ओलीले संविधानको धारा २९८ ले सरकार गठन गर्न नसक्ने भन्दै राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ गरेर जानुपर्ने उतै सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपतिले बाधा अड्काउ खोलेरे सहमतिको आधारमा सरकार गठन आह्वान गरेकी थिइन् ।
तर, अविश्वासको प्रस्तावले विभाजित माननसिकतामा पुगेका कांग्रेस, माओवादी–एमाले सहमतीय समयमा सरकारको लागि छलफल गर्नसमेत तयार भएनन् । सहमति नभएपछि राष्ट्रपतिले सोमबार बहुमतीय प्रक्रियाको आरम्भ गरेकी हुन् ।
अब संसदको निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम थालिसकेको छ । मंगलबार उम्मेदवारी दर्ता, फिर्ता र नामावली प्रकाशन गरेपछि १९ गते प्रधानमन्त्रीको चुनाव हुँदैछ । झण्डै दुई तिहाई मत पुग्न लागेका प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएको हो । प्रचण्ड पहिलो संविधानसभा चुनावपछि पनि ठूलो दलको रुपमा पहिलोचोटी प्रधानमन्त्री बनेका थिए । बुधबार प्रधानमन्त्री चुनिएपछि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने कार्यक्रम छ । सरकारमा कांग्रेसले १२ र माओवादीले ८ मन्त्रालय पाउने सहमति भएको बुझिएको छ ।
सरकारमा सहमति संविधानमा समस्या
माओवादी कांग्रेसबीच भएको सहमति अनुसार आउँदो चैतसम्म स्थानीय चुनाव माओवादी नेतृत्वको सरकारले गराएर सरकार छोड्ने भन्ने छ । त्यसपछि कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनको सरकारले प्रदेश र केन्द्रीय संसदको चुनाव गर्ने सहमति छ । तर, यसबीचमा स्थानियपालिका, प्रदेशको सीमाकंन, नामाकंन, सदुरमुकामको नामको विषयमा दलहरुबीच तीव्र विवाद हुने देखिएको छ । सरकारमा प्रचण्डलाई समर्थन गर्न आए पनि मधेस केन्द्रित दलहरु संविधानका मुद्दामा अझै पनि माओवादी र कांग्रेसँग दुरीमा नै छन् ।
प्रचण्डलाई १७ दलको ३६४ मत
कांग्रेस २०७
माओवादी केन्द्र ८२
संघीय समाजवादी फोरम १५
फोरम लोकतान्त्रिक १४
राष्ट्रिय प्रजातन्त्र पार्टी १२
तराई मधेस लोकतान्त्रिक पार्टीका ११
सद्भावना ६
नेकपा संयुक्त ३
तमसपा ३
रामसपा ३
थरुहट तराई पार्टी नेपाल २
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १
समाजवादी जनता पार्टी १
नेपाल जनता दल १
फोरम गणतान्त्रिक १
नेपाः राष्ट्रिय पार्टी १
नेपाल सद्भावना पार्टी १
एमाले उम्मेदवारको पक्षमा ७ दलको २२२ सिट
एमाले १८२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २५
नेकपा माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
नेपाल परिवार दल २
बहुजन शक्ति पार्टी १
यी दल अनिर्णित छन्
राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल २ सिट र एक एक सिट भएका अखण्ड नेपाल पार्टी , खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, जनजागरण पार्टी नेपाल, दलित जनजाति पार्टी, नेपाल मधेस समता पार्टी नेपालसहितका एकदुई सिट भएका दल कतै खुलेका छैनन् । तर,पनि यी दलले पनि प्रचण्डलाई नै समर्थन गर्ने बुझिएको छ ।
ConversionConversion EmoticonEmoticon