Grand and civilized city is considered poor performance in Kathmandu


मुलुकको एकमात्र भव्य र सभ्य शहर मानिन्छ ः काठमाडौलाई । राजधानी , महानगरपालिका , प्राचीन शहर लगायत धेरै उपमा छन यस्को नामका अघि । तर सम्पन्नताबीच दरिद्रता प्रदर्शन गर्न विवश यो शहर । राजधानीवासीको सुविधाका नाममा बनाइएका धेरै संरचनाहरु छन पनि यहाँ । तर कुशल कालीगढको हातमा नपरेजस्तो गरी कुँदिएका छन् यहाँका सबै संरचनाहरु । अस्तव्यस्त, अलास तलास र बेसुरको तालमा ।

काठमाडौं
दृश्य १ । तारको गुजुल्टो ।
शहरमा विद्युतका तारहरु यत्रतत्र यसरी नै तन्काइएका छन् । कागका गुँड झैं लाग्ने तार शीरभन्दा केही भित्ता माथि मात्र गुजल्टिएका छन् । विद्युत सर्ट भएर हुने क्षति त छँदैछ, त्यो  भन्दा बढी यसले काठमाडौंलाई राजधानी नभई लाजधानी बनाउन उद्दत छ । सुन्दर शहर कुरुप मुहार ।
दृश्य २ । धुलो र खाल्डाखुल्डी सडक ।
महानगरको सडकको अवस्था पनि उस्तै छ । कच्ची सडकका के कुरा ? कालोपत्रे सडक पनि घाउ खटिराले थलिएको जस्तो खाल्डाखुल्डी छन् जताजतै । लामो समयसम्म टिक्दैनन् नै, सुधारका लागि यतातिर कसैको ध्यान पनि जाँदैन । अस्तव्यस्त ट्राफिक जामले सडक पार गर्न पनि मुस्किल पर्दछ यात्रुहरुलाई । उडेको र उडिरहने धुवा र धुलोले काठमाडौंलाई विश्वकै प्रमुख प्रदुषित शहरको उपमा जो भिराएकै छ ।

दृश्य ३ । रंगीन भित्ताहरु ।
विज्ञापनको सबैभन्दा सस्तो माध्यम बनेको छ महानगरको भित्ता । विरोध र विचारका शब्दहरु जताततै पोतिन्छन्, विज्ञापनका अनेक होर्डिङ् वोर्डहरु ठोक्किन्छन् हरेक आँखामा । कोरिने, मेटिने र पुनः कोरिने यी भित्ताहरुले कुरुप काठमाडौको परिचयमा थप सौन्द्धर्य थपिरहेका छन् ।
शहरलाई सुन्दर बनाउन जति राज्यको दायित्व छ, नागरिक पनि कम जिम्मेवार भने छैनन् । तर यहाँ यस्तो छ ।
महानगरलाई व्यवस्थित र सुन्दर बनाउने योजना महानगरपालिकाको पनि नभएको होइन, तर उसंग उमंग र उत्साह भन्दा बाध्यता बोझ बढी छ ।
एकीकृत विकास, दीर्घकालीन सोंच र रणनीतिको अभावका कारण जति पनि विकास निर्माणका कामहरु भएका छन्, विज्ञहरुको भनाइमा भन्ने हो भने ती प्रतिवेदन उतार्नका लागि मात्र गरेजस्तो भएका छन् । जसको परिणाम कुरुप र कच्चा भैरहेको छ काठमाडौ ।
Previous
Next Post »