Mukundeko desire: to be married in the winter, fantasizing ghorle son!

एक समय रत्नपार्कमा ठूलै भिड जम्मा गर्ने उनी अहिले विश्वव्यापी बनेका छन् तर सामाजिक सञ्जालको मार्फत । रत्नaपार्कको रुखमा चढेर नानाभाती फलाक्ने उनको अहिले स्थान परिवर्तन भएको छ । रुखबाट उनी सानो ल्यापटप हुँदै त्यस्ले ओगटने विशाल भूगोलमा छाएका छन् । फरक छ उनी पहिला कराउथे अर्थात भाषण गर्थे तर अहिले विचार प्रवाह गर्छन ट्वीटर मार्फत । शैली फरक भएपनि उनले उठान गर्ने विषय भने बडो गज्जबको छ । वर्तमान विसंगति माथि गतिलो प्रहार र आफुले गर्ने कल्पनाको शयर र भविष्यवाणि । यी पात्र हुन मुकुन्दे अर्थात मुकुन्द घिमिरे ।


सिंहदरबारको नजिकै घट्टेकुलो एरिया भित्र रहेको एउटा हरियो गेट भित्रको ठुलो घर र त्यँही घर भित्रको ठ्याकै भ¥याङ मुनि एउटा सानो र अँध्यारो कोठा भित्र उनको बास छ । तर त्यही अध्यारो कोठाबाट उनले उज्ज्वल भविष्यको कल्पना गरिरहेका छन् । पहाडका भित्तैभित्ता रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने र देशै उज्यालो बनाउने न्यूनतम कार्यक्रम बोकेर हिंडिरहेका छन् यिनी अर्थात मुकुन्द घिमिरे ।

अँध्यारो सानो कोठा, सानो प्वाल भएको एउटा मात्र झ्याल, चार खुट्टे खाट, २/४ थान कालाम्मै भएका केहि थोत्रा भाँडा, कुँडा, खाना पकाउने १५ बर्ष पुरानो स्टोभ र भित्तामा झुन्ड्याईएका २/४ सरो लुगा भएको कोठा सम्म पुगेर मुकुन्द घिमिरेलाई फलो गर्ने खासै १/२ जना पत्रकार बाहेक अरु कोहि छैनन होला । तर सामाजिक सञ्जाल ट्वीटरमा भने यिनलाई ८३ हजार भन्दा बढी ट्वीटर प्रयोगकर्ताले फलो गरेका छन् ।

०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने घिमिरे त्यसोत आज भोलि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले आफूलाई भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्दै मुकुन्दल्याण्डका जनतालाई सुख र शान्तिले बस्न पाउने व्यवस्था आफूले मिलाउने निर्धक्कका साथ बताउँछन् । केहि वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमा झुम्मिएका घिमिरेले पछिल्लो समय सक्रियरुपमा ट्वीटर चलाउदै आफ्नो बिचारहरु छिन÷ छिनमा पोस्ट गर्न थालेपछि दैनिक फलो गर्नेको संख्या कुनै चर्चित कलाकार वा राजनीतिज्ञको भन्दा कम छैन पनि । ५ सयको कोठाभाडा तिरेर त्यहि अँध्यारो कोठा भित्रबाट देश झलमल्ल पार्ने सपना बुनेका घिमिरेले कोठा भाडा बढ्न कोठाको साइज पनि बढ्नु पर्ने भन्दै कोठा भाडा बढाउँन आउने घरबेटीलाई मिटर लिएर नाप्न आउन आग्रह गरेपछि सामाजिक सञ्जालमा यो उनको प्रस्ताव झन् एकाएक चर्चा बटुलेको थियो ।

घिमिरेलाई गुजारा कसरी चलेको छ ? भनेर सोध्दा – उनको जवाफ यस्तो छ –साथी भाइको दया र मायाले बाँचेको छु भोक लाग्ने बित्तिकै ट्वीटरमा हार गुहार गर्छु अनि देश विदेशबाट साथीहरुले आइएमइ गरेर पैसा पठाई दिन्छन् , अस्ति भर्खर एक जनाले बेलायत बाट ५० पाउण्ड पठाई दिएको र केहि दिन सम्म त्यहि रकमले छाक टारे । चोरेर खान नहुने तर मागेर खान किन नहुने भन्दै मुकुन्देको चिन्ता सबैलाई भएको उनी बताउछन् । जीविकाको लागि कुनै त्यस्तो आयश्रोत नभएका घिमिरे सामाजिक संजाल मार्फतका देशविदेशका शुभचिन्तकहरुको सहाराले बाचेको बताउछन् । २०३५ साल जेठ ३० गते भोजपुरको षडानन्द नगरपालिका दिङ्गलामा जन्मिएका घिमिरे अहिले ३८ बर्षको भएछन् ।घर जाने मनग्ये रकम नहुँदा २०६४ साल देखि अहिले सम्म आफ्नो जन्मभूमि पÞmर्किएका छैनन् तर आमा बुबासंग फोनमा भने कुरा भई रहेको बताउछन् । पैसा छैन , श्रीमती छैन तर हाइट भने पक्कै बनिसकेकोले अब रत्नपार्कको रुखबाट भाषण नगर्ने भन्दै सामाजिक सञ्जालमा पनि धरै पटक जानकारी गराएको बताए । जमाना पÞmेरिएको भन्दै रत्नपार्क भन्दा सामाजिक सञ्जालनै सुरक्षित अनि सजिलो भएकोले अब रत्नपार्क जानु नपर्ने र श्रोता र दर्शकहरु भेला गनु नपर्ने उनको निष्कर्ष छ ।

बिहे कहिले गर्नुहुन्छ ? भन्ने प्रश्नको जबाफमा नयाँ शक्तिका संयोजक बाबुराम, युवा नेता गगन थापा र अन्य नेताहरुहरुसंग घर परिवार छ , पैसा छ सबथोक छ तर उनीहरुको अहिले जुन क्रेज त्यो सकिने र अब पालो आप्mनै आउने बताउछन ! यो हिउँद सम्म बिहे गर्ने र छोरा पाउने रहर भएको पनि उनले सुनाए ।

आजकाल ट्वीटीहरु पनि खुब जिस्किन्छन् , मुकुन्द खाना खाइस्यो , उठिस्यो , हामी छ दै छौं नि भन्छन् तर खासै भर लाग्दैन । हाइट बढ्दै छ एकदिन २० ÷ २२ जनालाई मिस नेपालमा भिडाए जसरी भिडाएर बिहे गर्ने दिन छिट्टै आउने उनको बिश्वास छ । मुकुन्देले बिहे गरेन भनेर साथीभाइलाई खुब चिन्ता छ तर के गर्ने उनीहरुले दिन पनि नमिल्ने बाँड्न पनि नमिल्ने, उनिहरुलाइनै अफ्टेरो बिषय बनेको छ मेरो बिहे ।

‘भोजपुरमा मोही खाएर काठमाडौंमा पिसाब फेर्न आउने नेपाल देख्न चाहने घिमिरेको सपना अहिले पनि ज्युँको त्युँ छ । घिमिरेले इन्जिनियरिङमा डिप्लोमा सम्मको अध्ययन पूरा गरेका छन् । बीआइसीसीको सरकारी जागिर छाडेर उनी एकाएक रत्नपार्कमा भाषण गर्न पुगेका थिए । केहि बर्ष देखि रत्नपार्क छोडेर फेसबुक र ट्वीटरमा चर्चा बटुलेका घिमिरेलाई कतिले पागलको संज्ञा दिएतापनि उनमा भएको क्षमतालाइ भने सबैले कदर गर्ने गर्दछन् । राजनीति, धर्म , दर्शन, साहित्य , इतिहास सबैमा उनको दख्खल छ । यस्तो संबिधान बनेछ भने कान काट्छु भनेका मुकुन्दलाई संबिधान त् बन्यो किन कान नकाटेको त भनेर सोध्दा संबिधान बनेर मात्र हुन्छ खोइ लागु भएको त ? लागु नभएपछि संबिधान बनेको कसरी भन्न मिल्छ ? अब मैले किन कान काट्ने ? भन्दै प्रतिप्रश्न गरेका थिए ।

पछिल्लो समय उर्जामन्त्रीले विद्युत् महशुल नतिर्ने जोसुकैको घरको लाइन काटिदिनु भनेपछि पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको घरमा लाइन काटियो र काटे लगत्तै मुकुन्द घिमीरेले गरेको ट्विटको भबिष्यवाणि ठ्याकै मिल्न गयो । र अहिले सामाजिक सञ्जालमा यो ट्विट निक्कै चर्चामा छ ।

मुकुन्द घिमिरेको ट्विटबाट  –
लाइन काटीदिएर दरबारमा महारानी चम्काएर देखाइयो,हटाउने मिसकल गरेर प्रचण्डले पशुपतिका मूलभट्टको ताकत देखाईदिए,रुक्मांगद कटुवाललाई झन् ठूलो पारे ।
उर्जामन्त्रीले बैकल्पिक जेनेरेटर ब्यवस्था गरेर फरक ढंगले महारानीको प्रचारप्रसार गरिदिएका मात्र हुन् ।

पहिले नाकाबन्दी थियो मोदीलाई गाली गर्न पाइन्थ्यो पछि मेरै जस्तो केहि मिल्दा जुल्दा सपना बोकेका प्रधानमन्त्री केपी आए उनको बारेमा ट्विटरमा खुब बहस चलान्थ्यो अहिले प्रचण्ड चुपचाप छन् त्यसैले खासै त्यसो ट्वीटरमा लेख्ने बिषय नभएको बताए ।

अन्तमा कुरो टुंग्याउदै घिमिरे भन्छन् टिभीका समाचार हरु प्राय वासी छन् । हामी जस्तो ताजा बिचार भएका मान्छेलाई ठुला मिडियाले एक आँखाले हेरेन । हामीलाई पनि अन्तरक्रिया गर्ने अवसर दिने हो भने आइमाइहरुले पँधेरामा कुरा चलाउथे र भन्थे – मुकुन्देमा सामाजिक भय छ मेरो बिचार सुनेर उनीहरुले भन्थे होला यो त कहाँको पागल हुनु बौद्दिक रहेछ , ठ्याकै भबिष्यबाणी गर्ने भगवाननै पो हो कि ?

तर दुखेसो छैन यदि मैले आउने हिउँदमा बाजा बजाएर बिहे गरे भने म आफै ट्वीटरमा फोटो अपलोड गर्छु र मेरी हुनेवालिलाई सार्बजानिक गर्छु ट्विट रिट्विट हुँदै डाँडा काँडा ढाक्छ मुकुन्देको बिहेको समाचार हेर्न टिभी कुरेर को बस्छ ?
Previous
Next Post »