Local residents objected to a plan to build column


पुरानो बसपार्कमा काठमाडौँ स्तम्भ निर्माण गर्ने योजनाप्रति स्थानीय जनताले विरोध दर्शाएका छन् ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको वातावरण मूल्याङ्कन सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ३१ का बासिन्दाले टावर निर्माणबाट वायु प्रदूषण, ढल निकासका समस्याका साथसाथै आफूहरू बस्दै आएका घरसमेतलाई प्रतिकूलता हुने बताए ।

कामपाका सूचना अधिकृत महेश काफ्लेले नागरिकको भनाइलाई आत्मसात गर्दै निर्माणको कामलाई अगाडि बढाउने बताउनुभयो ।

वातावरण इन्जिनियर सलिल सापकोटाले टावर निर्माणले वातावरणमा कुनै समस्या नहुने दाबी गर्दै निर्माणका काममा सहयोगका लागि स्थानीय जनतासँग आग्रह गर्नुभयो ।

गत वैशाखदेखि टावर निर्माणको कार्य सुरु गर्ने योजना मुताबिक बसपार्कबाट आवत जावत गर्ने सवारी साधनलाई खुल्लामञ्चमा सारिइसकिएको छ ।

स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोइले निर्माण सामग्रीको अभावले गर्दा निर्माणको काममा ढिलाइ भएको बताउँदै आएको छ । भवनलाई पूर्णरूपमा भूकम्प प्रतिरोधी बनाउने योजना छ । । स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । रासस
Previous
Next Post »