Route 21 road temporarily maintain dhaulagirika 3 district


धौलागिरीका ३ जिल्लामा २१ वटा सडकमा अस्थायी रुट कायम गरिएको छ । बुधबार बागलुङमा बसेको अञ्चल यातायत व्यवस्थापन समितिको बैठकले बागलुङमा सात,पर्वतमा आठ र म्याग्दीमा छ वटा अस्थाई रुट कायम गरेको हो ।

केहि दिनदेखि नेपाल सरकारले रुट कायम नभएका सडकमा सवारी रोक लगाउन निर्देशन दिएपछि धौलागिरीका जिल्लाहरुको यातायत सेवा प्रभावित भएको थियो । धौलागिरीका अधिकांश सडकको रुट परमिट नभएको अवस्थामा यातायात व्यवस्था विभागबाट तत्कालको लागि समितिले रुट कायम गर्न पत्रचार गरेपछि अञ्चलका अत्यावश्यक सडकहरुमा रुट कायम गरिएको यातायात ब्यवस्था कार्यालय बागलुङका प्रमुख युवराज अधिकारीले जानकारी दिनुभयो । बुधबारबाट अस्थाई रुट कायम भएको सडकमा सवारी साधन सञ्चालनका लागि यातायात ब्यवस्था कार्यालयबाट अनुमति लिएर ब्यवसायीले सवारी सञ्चालन गर्न पाउने अधिकारीको भनाइ छ । बागलुुङमा बागलुङ बृर्तीबाङ निसी सडक ,बागलुङ कुस्मीसेरा बरेङ सडक ,हटिया हिल ताराखोला सडक ,हटिया रिघा सिसाखानी सडकमा रुट कायम भएको छ । यस्तै नगर रिङरोड सहित अछेते भिमपोखरा धम्जा सडक र बागलुङ सिगाना गाजा सडकमा रुट कायम भएको जनाइएको छ । यस्तै म्याग्दीमा बेनी दरवाङ ताकम, बागलुङ बेनी रत्नेचौर, बेनी घतान पाखापानी, बेनी पिप्ले भगवती, रत्नेचौर अर्जम भकुण्डे र सिमलचौर कुहुँ सडकमा अस्थाई रुट कायम भएको छ ।

पर्वतका दोविल्ला फलेवास रानीपानी,दोविल्ला लुङखु हुवास,कुश्मा बनहुँ,कुश्मा दुर्लुङ,मिलचोक सालिजा,लेकफाँट सडकमा  रुट परमिट कायम भएको छ भने दोविल्ला  कार्किनेटा शंकरपोखरी  र पातिचौर ड्याममा पनि रुट कायम भएको प्रमुख अधिकारीले जानकरी दिनुभयो । तर मुस्ताङबाट भने २ वटा सडक प्रस्ताव गरिएपनि विभागबाट मुस्ताङ जिल्लाको बिषयमा कुनै निर्देशन नआएकाले अस्थाइ रुट कायम गर्न नसकिएको समितिले जनाएको छ ।

अस्थाई रुट कायम भएको सडकमा सरकारले निर्धारण गरेको भाडादर लागू हुनुका साथै यातायात सेवाले बैधानिकता पाएको छ । साथै    प्रस्तावीत अन्य सडकहरुमा रुट कायम गर्नका जिल्लामा गठित प्राबिधिक उपसमितिहरुको निरिक्षण, अनुगमन प्रतिवेदन पछि प्रक्रिया अघि बढाउने निर्णय भएको छ । रुट कायम भएका सडकमा सवारी धनीले अनुमती लिएपछि मात्र गाडी चल्न दिने प्रहरीले जनाएको छ । वाग्लुङका कुनै पनि सडकमा रुट परमिट जारी नहुँदा सार्वजनिक सवारी सञ्चालनमा कठिनाइ भएको बारे न्यूज २४ टेलिभिजनले मंगलवार मेन न्यूज प्रसारण गरेको थियो ।
Previous
Next Post »