Nepal to China and India Rail


बेइजिङः चिनियाँ अधिकारीले तिब्बतलाई भारत र नेपालसँग जोड्ने हिमालय रेलवे आर्थिक र प्राविधिक रूपले सम्भव भएको बताएका छन् ।
चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतलाई आर्थिक तथा सांस्कृतिक गतिविधिको महत्वपूर्ण केन्द्र बनाउन चाहेको छ । यो मार्ग हुँदै चीन दक्षिण एसियासम्म आफ्नो सम्बन्ध जोड्न चाहेको बेइजिङ टेक्नोनोलोजी विश्वविद्यालयका साइन्स एन्ड टेक्नोलोजी विभागका उपनिर्देशक झोङ गैङले बताएका छन् ।
तिब्बतसँग सम्बद्ध शोधकेन्द्रद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘हिमालय क्षेत्रमा यो छेउदेखि अर्को छेउसम्म जाने रेलवेको निर्माण आर्थिक एवं प्राविधिक हिसाबले व्यावहारिक रूपले सहज भएको बताएका छन् ।
चिनियाँ अनुसन्धानकर्ताले हिमालयको वारपार जाने उक्त रेलसेवा स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट सुरु हुने र बन्दरगाह सहर गिराङ हुँदै नेपालसम्म जाने छ । यस क्षेत्रमा चल्ने रेलसेवा तीव्रगतिको भने हुन नसक्ने उनको भनाइ थियो ।
चीनले स्वशासित क्षेत्र तिब्बतका सहरसम्म पुग्ने तीव्र गतिको रेलवेको निर्माण सन् २००६ मा सुरु गरेको थियो । यो रेलसेवाले तिब्बतलाई चीनको मुख्यभूमिसँग जोडेको छ । यसमा २ सय ५० किलोमिटर विस्तार गरेर ऐतिहासिक सहर ल्हासासम्म पुर्‍याइएको छ ।
Previous
Next Post »