![]() |
श्रावण २७, २०७३- राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले मध्यपूर्वदेखि यूरोपसम्म आतंक मच्चाइरहेको इस्लामिक स्टेट समूहको गठन अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको आरोप लगाएका छन् । फ्लोरिडा राज्यको फोर्ट लाउडरडेलमा भएको एक र्यालीलाई सम्बोधन गर्दै गर्दा उनले राष्ट्रपतिको पुरा नाम लिएका थिए– बाराक हुसैन ओबामा ।
‘धेरैले राष्ट्रपति ओबामाको सम्मान गर्छन्,’ उनले भने, ‘उनी आइएसआइएसका संस्थापक हुन् ।’ उनले आफूले लगाएको आरोपलाई महत्वपूर्ण भएको देखाउन तीनपटक दोहोर्याएका थिए ।
रिपब्लिकनका तर्फबाट राष्ट्रपति उम्मेदवार चयन भएका उनले आफ्नो प्रत्यासी हिलारी क्लिन्टनको पनि उक्त आतंकवादी समूह गठन गर्न योगदान गरेको आरोप लगाए । उनले भने, ‘त्यो जाली क्लिन्टन, आइएसको सहसंस्थापक हो ।’
ट्रम्पले लगाएका आरोप बारे भने ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन ।
ट्रम्पले केही समय अगाडि ओबामा मुस्लिम भएको र केन्यामा जन्मिएको आरोप समेत लागएका थिए । जबकी ओबामाका बाबु केन्याली भएपनि उनी हवाईमा जन्मिएका हुन् ।
![]() |


ConversionConversion EmoticonEmoticon