Saudi Arabia Nepalese rescue troubled started

साउदी अरबको जेद्दास्थित महाबाणिज्यदूतावासले समस्यामा परेका नेपालीहरुलाई सहयोग उपलब्ध गराउन सुरु गरेको छ । दूतावासले तलव नपाएर तथा कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्दार गरेको हो

एक विज्ञप्ति जारी गरेर महाबाणिज्यदूतावासले एक निर्माण कम्पनी बन्द हुँदा समस्यामा परेका ४१ जना नेपालीहरुलाई खानाको व्यवस्था गरिएको जानकारी दिएको हो । दूतावासलाई जुलाइ २७ मा नै नेपालीहरुले समस्यामा परेको भन्दै गुनासो गरेका थिए । कम्पनीमा कार्यरत नेपालीहरुले गत जनवरीदेखि तलव पाएका थिएनन् । कम्पनीबाट फर्कन चाहाने ६ जनालाई नेपाल फिर्ता पठाइसकिएको दूतावासले जनाएको छ । अन्य कामदारलाई जति सक्दो छिटो एक्जिट भिसा उपलब्ध गराउन त्यहाँको श्रम मन्त्रालयसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, अन्य कम्पनीमा ट्रान्सफर हुन चाहानेका लागि पनि महाबाणिज्य दूतावासले समन्वय सुरु गरेको जनाएको छ । अप्ठेरोमा परेका कामदारलाई रियाद स्थिति दूतावास र जेद्दास्थित महाबाणिज्यदूतावासमा सम्पर्क गर्न पनि विज्ञप्तीमा अनुरोध गरिएको छ । यसैबीच, साउदी अरब पुगेका सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन् । सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमा पुगेका हुन् ।
Previous
Next Post »